किरियापुत्री तीन दाजुभाइले गरे मतदान
हेटौंडा : मकवानपुरमा किरियापुत्रीले मतदान गरेका छन्।
आइतबार मनहरी गाउँपालिका वडा नम्बर-४ पशुपतिनाथ माद्यमिक विद्यालयस्थित मतदान केन्द्रमा किरियापुत्री तीन दाजुभाईले मतदान गरेका हुन्।
किरियापुत्रीहरू बलराम खड्काले मतदान केन्द्र (क), राजकुमार खड्का र राम खड्काले मतदान केन्द्र (ख) मा भोट हालेको मतदान अधिकृत बहादुर कुमालले अन्नपूर्ण पोष्ट्लाई जानकारी दिए।
आफ्नी आमा मैया खड्काको निधनको चौथो दिन उनीहरूले किरियापुत्रीको पहिरनमै बिहान मतदान गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !