चितवनमा मतगणनाको तयारी
चितवन : चितवनमा मतगणनाको तयारी गरिएको छ ।
सर्वदलीय सहमति गरेर मतगणनाको तयारी सुरु गरिएको हो । चितवन क्षेत्र नम्बर १मा ११ बजेबाट मतगणना सुरु गरिने बताइएको छ ।
क्षेत्र नम्बर २ मा दिउँसो १ बजे सुरु गरिने सहमति गरिएको छ । क्षेत्र नम्बर ३ को सर्वदलीय बैठक बसिरहेको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले बताएका छन्। क्षेत्र नम्बर १ मा खैरहनि नगरपालिका, २ को चितवन उधोग संघको प्रदर्शनी केन्द्र र ३ को कृषि विश्व विद्यालयमा गणना हुँदैछ । चितवनमा ६४ प्रतिशत मत खसेको छ ।