धनकुटामा मतगणना दिउँसो १ बजेदेखि

धनकुटामा मतगणना दिउँसो १ बजेदेखि

धनकुटा  : धनकुटामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । बिहान १० बजे बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका निर्वाचन अधिकृत जयराम श्रेष्ठले बताए । 

उनका अनुसार मतगणना सदरमुकाम स्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको हलमा हुनेछ । मतगणना दुई सेटमा हुनेछ । एउटा सेटमा प्रत्यक्ष र समानुपातिक तर्फका दुई क्षेत्रको मतगणना हुनेछ । 

अर्को सेटमा पनि सोही बमोजिम हुने उनले बताए । हरेक दुई/दुई मतपेटिकाको गणना भइसकेपछि प्राप्त मतपरिणाम सार्वजनिक गरिने उनको भनाइ छ । मतपरिणाम सार्वजनिक गर्न माइकको व्यवस्था गरिएको छ । मतगणना स्थल सामुदायिक भवन आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरिएको छ ।

 सुरक्षा व्यवस्थालाई कडाई गर्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरीलाई खटाइएको छ । त्यस्त मतगणना हुने भित्र हलमा सिसि क्यामेरा जडान गरिएको छ । भने तारजालीले घेरावारा गरिएको छ । हिजो सम्पन्न निर्वाचनमा धनकुटामा कुल मतदाता मध्ये ५९.४० प्रतिशतले मात्रै मतदान गरेका छन् । १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेको धनकुटामा ६९ हजार ४ हजार ९३ जनाले मत हालेका थिए । 

प्रतिनिधि सभामा एक तथा प्रदेश सभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभाका लागि लोकतान्त्रिक वाम गठबन्धनबाट सुनिलबहादुर थापा, नेकपा एमालेबाट राजेन्द्रकुमार राई, स्वतन्त्र हेमराज भण्डारी, राप्रपाबाट कुमारबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बु, एकीकृत शक्ति नेपालका रमेश राई उम्मेदवार छन् । 

त्यस्तै प्रदेशसभा तर्फ ( क) क्षेत्रमा नेकपा एमालेबाट निरन राई, लोकतान्त्रिक वाम गठवन्धनबाट अर्जुन राई, जसपाबाट रकम चेम्जोङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मनकुमार राई उम्मेदवार छन् । 

यसैगरी प्रदेशसभा तर्फ (ख )मा नेकपा एमालेबाट इन्द्रमणी पराजुली, लोकतान्त्रिक वाम गठवन्धनबाट कुसुमकुमारी श्रेष्ठ, जसपाबाट डम्बर कटुवाल, स्वतन्त्रबाट वालानन्द दाहाल, स्वतन्त्रबाट जितेन्द्र राई,  राप्रपा नेपालबाट सोमबहादुर घिसिङ, राप्रपाबाट श्यामबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.