सङ्खुवासभामा हेलिकोप्टरमार्फत मतपेटिका ल्याइयो

सङ्खुवासभामा हेलिकोप्टरमार्फत मतपेटिका ल्याइयो

सङ्खुवासभा : सङ्खुवासभाको दुर्गम भोटखोला गाउँपालिकामा तीन मतदान केन्द्रका मतपेटिका आज हेलिकोप्टरमार्फत सदरमुकाम खाँदबारी ल्याइएको छ। 

भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाकमा मतदान केन्द्रको मतपेटिका खाँदबारी आइपुगेको हो। 

आज राति १२ सम्ममा जिल्लाका सबै मतपेटिका खाँदबारीस्थित जिल्ला समन्वय समितिको हलमा आइपुग्ने मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए। 

हिँडेर तीन दिनमा मात्र मतपेटिका ल्याउन सक्ने भएकाले हेलीकप्टर मार्फत मतपेटिका ल्याइएको हो। 

भोटखोलाका ३ मतदान केन्द्र बाहेकका र सिलिचोङ गाउँपाकिलाको मतपेटिका आउन बाँकी रहेको छ। जिल्लामा ५६ प्रतिशत खसेको छ। १ लाख १७ हजार ५ सय ४४ मतदाता मध्ये ६५ हजार ८ सय ९१ खसेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.