भक्तपुर २ 'ख' नेमकिपा अगाडि
भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ 'ख'मा नेपाल मजदुर किसान पार्टी अगाडि देखिएको छ। यस क्षेत्रमा नेमकिपाका रमेश वैद्य अगाडि छन्। वैद्य ११०३ मतसहित अगाडि छन्।
नेमकिपालाई सत्ता गठबन्धनकातर्फबाट नेकपा एसका डा. राजेन्द्रमान श्रेष्ठले पछ्याइरहेका छन्। डा श्रेष्ठले ७३६ मत पाएका छन्। तेस्रोमा एमालेका चन्दनकृष्ण श्रेष्ठले ६६० मत पाएका छन्।
यहाँ राति दुई बजेबाट नै गणना सुरु भएको थियो। मतगणना मध्यपुर थिमिस्थित बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !