उदयपुर-१ मा कांग्रेस अगाडि

उदयपुर-१ मा कांग्रेस अगाडि

उदयपुर : उदयपुरको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वामगठबन्धनबाट उमेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले अग्रता लिएका छन्। 

    
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वसशहरी विकास राज्य मन्त्री मन्जुकुमारी चौधरीलाई २२८ मतको अन्तरले खड्काले अग्रता लिएका हुन्। 
    
४ हजार ९५० मत गणना सम्पन्न हुँदा खड्काले २ हजार १०८ मत र चौधरीले १ हजार ८८० मत प्राप्त गरेका छन्। ७६ हजार ७ सय ५६ मत खसेको छ। त्यसैगरी प्रदेश ‘क' मा एमालेका उमेदवार कुशलबाबु बस्नेतले झिनो मतले अग्रता लिएका छन्। 
    
बस्नेतले लोकतान्त्रिक–वामगठबन्धनबाट उमेदवारी दिएका राजन किराँतीलाई ४१ मतले पछि पारेका छन्। ४ हजार २९५ मत गणना भईसक्दा बस्नेतले १ हजार ६५५ र राईले १ हजार ६१४ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा ३९ हजार ७१ मत झरेको छ।
    
त्यस्तै प्रदेश ‘ख' मा लोकतान्त्रिक–वामगठबन्धनबाट उमेदवारी दिएका हिमाल कार्कीले अग्रता लिएका छन्। कार्कीले एमालेका उमेदवार इश्वरमणि राउतलाई ५५४ मतले पछि पारेका छन्। ५ हजार ८०८ मत गणना सम्पन्न हुँदा कार्कीले २ हजार ६१५ र राउतले २ हजार ६१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ३७ हजार ६८५ मत झरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.