सुप्रिम सहकारी ठगी प्रकरण :  थुनछेक बहस जारी, आज आउँला त आदेश ?

सुप्रिम सहकारी ठगी प्रकरण :  थुनछेक बहस जारी, आज आउँला त आदेश ?
फाइल तस्बिर।
सुन्नुहोस्

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसमेत विरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा तेस्रो दिन थुनछेक बहस जारी छ।

न्यायाधीय प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि जारी थुनछेक बहस आइतबार पनि जारी रहेको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिए ।

शुक्रबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर आइतबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको थियो।


बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसमेतलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता भएपछि गत बुधबार लामिछाने अदालतमा उपस्थित भएका थिए । बुधबार अदालतको उनको बयान भएको थियो ।

दुवै पक्ष बहस सकिएपछि आजै इजलासले पुर्पक्षाका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने आदेश जारी गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.