बागलुङका चार वटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

बागलुङका चार वटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

बागलुङ : बागलुङका चार वटा प्रदेशभा सदस्य पदमा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ र ‘ख’ र क्षेत्र नम्बर २ को प्रदेश ‘क’ र ‘ख’ मा कांग्रेसका उम्मेदवारहरु विजयी भएका हुन्। 

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिपेन्द्रबहादुर थापा विजयी भएका छन्। थापाले १३ हजार ८८४ मत ल्याए भने उनका प्रत्यासी नेकपा एमालेका हिरा बहादुर केसीले १२ हजार ४०५ मत प्राप्त गरे। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार ४५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक ४०७ र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले १०७ मत प्राप्त गरे।

बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता मध्ये २८ हजार आठ सय २५ मत खसेको थियो। जसमा ६३२ मत बदर भएको छ।

यस्तै बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’मा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली कांग्रेसका नेता डिल्लिराम सुवेदी बिजयी भएका छन्। 

सुवेदीले १३ हजार ३२० ल्याएर बिजयी हुँदा नेकपा एमालेका नवराज पौडेलले ७ हजार २५३ मत पाए। यस्तै क्षेत्र नम्बर २ को प्रदेश तर्फ पाँच दलिय गठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन्। निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसका जित बहादुर शेरचन विजयी भएका छन्। उनले १५ हजार १०८ मत ल्याए। 

यस्तै स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले १२ हजार ८०० प्राप्त गरे। उनलाई स्वतन्त्र उम्मेदवार घर्तीलाई नेकपा एमालेले समर्थन गरेको थियो। घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए।

ताराखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका पर्ने यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता रहेकामा २७ हजार नौ सय ८० मत खसेको थियो। आठ सय ६४ मत बदर भएको थियो।

निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी भएका छन्। उनले १२ हजार ४०८ मत पाएर विजय हासिल गरे।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत पाएका छन्। यस्तै नेपाल दलित पार्टीका टेकप्रसाद कामीले २७७, मंगोल नेशनसल अर्गनाइजेशनका ताराबहादुर घर्ती मगरले २३७, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले ४४, स्वतन्त्र नरबहादुर गुरुङले ३४१ र दुर्गादेवी घर्ती मगरले ६ मत प्राप्त गरेका छन्।

बागलुङ जिल्लाको निसीखोला र तमानखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकामा पर्ने प्रदेश (२)मा ४१ हजार २२७ मतदातामध्ये २३ हजार ३३८ मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.