सर्लाही १ को 'ख' मा बेची निर्वाचित

सर्लाही १ को 'ख' मा बेची निर्वाचित

मलंगवा : सर्लाहीको क्षेत्र नं. १ को प्रदेश सभा 'ख' बाट नेकपा एकीकृत समाजवादीकी बेची लुङ्गेली निर्वाचित भएकी छिन्। 

सत्ता गठबन्धनको साझा उम्मेदवार रहेकी लुङ्गेली १३ हजार ६ सय ७७ मतका साथ निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालकी शान्तिकुमारी लामाले ६ हजार ९ सय ७५ मत प्राप्त गरेकी छिन्।  

लुङ्गेली ६ हजार ६ सय ९९ मतान्तरले दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन कुमार श्रेष्ठ तेस्रो भएका छन्। श्रेष्ठले ५ हजार ९ सय ४५ मत प्राप्त गरेका छन्।  

सत्ता गठवन्धनबाट समाजवादीकी लुङ्गेलीले टिकट पाएपछि माओवादी केन्द्रका श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए 
क्षेत्र नं. १ ख मा कूल खसेको ३७ हजार ९ सय ७२ मतमध्ये ३६ हजार ७१८ मत सदर र १ हजार २५४ मत बदर भएको थियो।

लुङ्गेली निर्वतमान प्रदेश सभा सदस्य हुन् भने लामा लालबन्दी नगरपालिकाकी निर्वतमान उपप्रमुख हुन्। त्यसैगरी श्रेष्ठ लालबन्दी नगरपालिका-८, को निवर्तमान वडाध्यक्ष हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.