बर्दिया १ (१) मा कांग्रेसका भुवनेश्वर चौधरी विजयी
![बर्दिया १ (१) मा कांग्रेसका भुवनेश्वर चौधरी विजयी](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-2_20221123153848_sdFihx6bFN.jpg)
गुलरिया : बर्दिया क्षेत्र नम्बर १ (१) मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भुवनेश्वर चौधरी निर्वाचित भएका छन्।
नेकपा एमालेका शालिकराम अधिकारीलाई १ सय १९ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्।चौधरीले १७ हजार २६ र अधिकारीले १६ हजार ९०७ मत प्राप्त गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीका खेमबहादुर थारुले ११ हजार ९०१ मत प्राप्त गरेका छन्। २०१९ फागुन २५ गते बर्दियामा जन्मिएका चौधरीले एसएलसीसम्मको शिक्षा हासिल गरेका छन्।
भुवनेश्वर मैनापोखर गाउँविकास समितिका पूर्व अध्यक्ष हुन्।चौधरी गत निर्वाचनमा लुम्बिनी प्रदेशसभा समानुपातिक तर्फका सांसद हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)