महेश बस्नेतको सम्भावना न्यून
भक्तपुर : भक्तपुर २ मा कांग्रेसका दुलर्भ थापा जित नजिक पुगेका छन्। एमालेका महेश बस्नेतलाई निरन्तर पछाडि पार्दै कांग्रेसका थापाको अग्रता बुधबार साँझसम्म पनि निरन्तर कायम छ।
साँझ साढे सात बजे सार्वजनिक परिणामअनुसार थापाले २२ हजार ६ सय ९४ मत पाएका छन्। उता बस्नेतले २२ हजार ६ मत पाएका छन्।
यो परिणाम ६१ ह्जार एक सय २५ मत गणना गर्दासम्मको हो। यहाँ कुल ६५ हजार नौ सय ३५ मत खसेको थियो। यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगर तेस्रो स्थानमा छिन्।
यस्तै भक्तपुर २ 'क' सूर्यविनायकमा भने एमालेका किरण थापा विजय नजिक पुगेका छन्। भक्तपुर २ 'ख' मध्यपुर थिमिमा सत्ता गठबन्धनकातर्फबाट नेकपा एसका डा. राजेन्द्रमान श्रेष्ठ जित नजिक पुगेका छन्।
प्रतिक्रिया दिनुहोस !