बैतडीको प्रदेश (क) मा एमालेका पाल विजयी
![बैतडीको प्रदेश (क) मा एमालेका पाल विजयी](https://annapurnapost.prixacdn.net/media/albums/surendra-pal_20221124095655_MKoMcqHfrZ.jpg)
बैतडी : बैतडी प्रदेश सभा (क) मा नेकपा एमालेका सुरेन्द्र पाल विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतान्तरले पछि पार्दै पाल विजयी भएका हुन्।
पालले १२ हजार ८ सय ३१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत प्राप्त गरेका छन्। पाल नेकपा एमालेका जिल्ला अध्यक्षसमेत हुन्।
कांग्रेस माओवादीका साझा उम्मेदवार नेपाली कांग्रेसका वीररबहादुर विष्टले १० हजार ९५३ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा ४० हजार १५५ मत खसेको थियो।
यसैगरी दुई प्रदेशसभा क्षेत्र रहेको बैतडीमा प्रदेशसभा (ख)मा एमालेका लिलाधर भट्टलाई पराजित गर्दै नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन्।
प्रतिनिधिसभाको मत गणना चलीरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)