ब्राजिल फुटबलको पर्याय नै हो

ब्राजिल फुटबलको पर्याय नै हो

फुटबलको महाकुम्भ विश्वकप कतारमा जारी छ । जारी प्रतियोगितामा एसियाली मुलुकले उत्कृष्ट प्रदर्शन गरिररहेका छन् । विश्वकपका उपाधि दावेदार टोलीलाई एसियाली मुलुकले हराउँदा नेपाली दर्शक पनि खुसी छन् । जारी विश्वकपको प्रदर्शन, विगत र अहिलेको विश्वकपलगायतका विषयमा केन्द्रित रहेर अन्नपूर्णकर्मी उमेश दाहालले फुटबलका प्रशिक्षक प्रवेश कटुवालसँग गरेको कुराकानीको सम्पादित अंश

विश्वकपको मजा कसरी लिँदै हुनुहुन्छ ?
म १९९४ देखि लगातार विश्वकपको मजा लिइरहेको छु । म अहिले झापामा छु । यहाँ हाम्रो बास्केटबल कोर्ट छ । त्यहाँ प्रोजेक्टर राखेर दुई-तीन सय दर्शक जम्मा भएर हेरिरहेका छौं । एकदमै रमाइलो भइरहेको छ । यसपाली विश्वकपमा एसियन मुलुकहरुले एकदमै सरप्राइज नतिजा दिइरहका छन् । विश्वकपका उपाधि दाबेदार मुलुकहरुलाई हराइरहेका छन् । यसबाट एसिया पनि फुटबलमा कमजोर छैन भन्ने सन्देश गएको छ ।

कुन टिमको समर्थन गरिरहनु भएको छ ?
म सधैँ ब्राजिलको समर्थक हो । त्यसैले यसपाली एसियामै भएकाले एउटा खेल हेर्न जाने तयारीमा छु । समूह चरणको अन्तिम खेल स्वीट्जरल्यान्डसँग छ । त्यो खेल हेर्न जाने तयारीमा छु । किनभने, फुटबलमै लागेको मान्छे भएकाले फुटबलको महाकुम्भ त्यो पनि एसियामै भइरहँदा कसरी गुमाउनु भनेर जान लागेको हुँ ।

ब्राजिलको समर्थन किन ?
मैले जानेदेखि नै फुटबलको पावरहाउस र फुटबलको पर्याय नै ब्राजिल हो । जसले फुटबल खेलेर/फुटबल बेचेरै अर्थतन्त्र परिवर्तन गरेको देश पनि हो । ब्राजिल मनपर्ने कारण त्यो पनि हो । त्यति मात्रै नभएर ब्राजिल फुटबलमा भरपुर मनोरञ्जन दिँदै खेल्ने टिम हो ।

ब्राजिलको खेल हेर्दा कहिल्यै ‘बोर’ हुनु पर्दैन । ब्राजिलियन खेलाडीहरुले देखाउने स्किल, डान्स जस्ता कुराले दर्शकलाई एकदमै मनोरञ्जन दिन्छ । युरोपेली फुटबल क्लबमा ब्राजिलियन खेलाडीको उपस्थितिले छुट्टे रोमान्च दिन्छ ।

अनपेक्षित नतिजाबारे के भन्नु हुन्छ ?
फुटबलमा यस्तो हुनेगर्छ । विशेष गरी विश्वकप चार वर्षमा एक चोटी आउँछ, सबैको महत्वकांक्षी प्रतियोगिता हो विश्वकप । त्यहाँ मात्रै होइन, घरेलु लिगहरूमा पनि रेलिगेसनमा संघर्ष गरिरहेका टिमहरूले पनि लिग लिडरलाई पराजित गरिरहेका हुन्छन् ।

आयोजकको रुपमा पहिलो पटक कतार हारेको थियो । इरानले पनि इङ्ल्यान्डसँग् ६ गोल खाइसकेपछि एसियाली फुटबल स्तरमाथि नै प्रश्न उठिरहेको थियो । तर, हिजो साउदी अरबले अर्जेन्टिनालाई हराएपछि हामी पनि धेरै पछाडि छैनौं भन्ने सन्देश गएको छ । त्यसमा पनि आज जर्मनीलाई जापानले हराउँदा झन् राम्रो भयो र एसियाली फुटबलको मेहेनत पनि देखिएको छ ।

पहिलो विश्वकप र अहिले के फरक पाउनु हुन्छ ?
धेरै अर्थमा यो विश्वकप फरक छ । पहिलो पटक जाडोयाममा हुँदैछ । अर्को कतारमा हुँदैछ । जसले एउटा विश्व पनि खेलेको थिएन । उसले आयोजना गरेर आयोजकको रुपमा खेलिरहेको छ । क्षेत्रफलको हिसाबले लगभग झापा जिल्ला जत्रो देशले विश्वकप आयोजना गरेर विश्वभरका मानिसलाई राम्रो आतिथ्यता दिइरहेको छ ।

नेपाल जस्तो देशलाई कतारमा विश्वकप हुँनु भनेको प्रत्यक्ष रंगशालामा गएर हेर्ने ठूलो मौका पनि सिर्जना गरिदिनु हो । कतारमा रोजगारीको शिलशिलामा धेरै नेपाली बसोबास गर्छन् । उनीहरूले हेर्ने मौका पाएका छन्, र हेरिरहेका पनि छन् । मैले चिनेका साथीभाइहरू पनि गएका छन् ।

नेपालबाटै जान चाहनेका लागि पनि अन्य युरोप–अमेरिकामा हुने विश्वकपभन्दा आर्थिक हिसाबले सजिलो छ । त्यसैले पहुँचको हिसाबमा पनि यो विश्वकप फरक छ ।

कुन टिमले चाहीँ विश्वकप जित्छ जस्तो लाग्छ ?

ब्राजिलले खेल्नै बाँकी छ । ब्राजिल जहिले विश्वकप खेल्छ, सधैँ दाबेदार हुन्छ । त्यसैले पहिलो नम्बर म ब्राजिललाई नै दिन्छु । दोस्रो नम्बरमा मैले इङ्ल्यान्ड देखेको छु । इरानविरुद्ध ६–२ को जित मात्र नभएर टिम, खेलाडी र बेन्चमा भएका खेलाडी पनि राम्रा छन्, त्यसैले दोस्रो स्थान इङ्ल्यान्डलाई ।

नेपालमा पहिलाको विश्वकपको माहोल र अहिलेमा के फरक छ ?
विगतको तुलनामा त्यस्तो रौनक देखिएको छैन । एउटा चाहीँ जाडोयाममा भएर जर्सी लगाएर हिँड्न सकिने अवस्था छैन । त्यसैले अलिअलि कम हो कि माहोल जस्तो लाग्छ । अर्को भर्खरै नेपालमा चुनाव भएको छ । त्यसैले पनि रौनक कम देखिएको हो ।

तर, अब चुनावी माहोल सेलाउँदै गएपछि विश्वकपको रौनक थप बढ्छ । हामी जर्सी पसल तिर जाँदा पनि राम्रो ब्यापार भएको र माग दिनहुँ बढेको बताउँछन् । त्यसैले विश्वकप समूह चरणबाट नकआउट तिर बढ्दा यसको माहोल अझै भव्य हुने विश्वास छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.