सिरहामा अधिकांश नयाँ अनुहार विजयी

सिरहामा अधिकांश नयाँ अनुहार विजयी

सिरहा : प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिरहामा अधिकांश नयाँ अनुहार विजयी भएका छन्।  सिरहा–१ मा एमाले–जसपा गठबन्धनका उम्मेदवार रामशंकर यादव विजयी भएका हुन्। यादव २९ हजार ४६२ मत ल्याएर विजयी भएको हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–बाम गठबन्धन कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीले २७ हजार ३७९ मत ल्याएका छन् । उनीहरुबीच २ हजार ८३ मतान्तर छ । यहाँ जनमत पार्टीका उम्मेदवार युगल किशोर साहले ६ हजार ८४९ मत पाएका छन् । 

प्रदेशसभा (क) मा पनि एमाले–जसपा गठबन्धनका राजेन्द्रप्रसाद चौधरी थारु ११ हजार ७२१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिल कुमार महतोले ११५५० मत ल्याएका छन्। 

प्रदेशसभा (ख) मा एमाले–जसपा गठबन्धनकै राजकुमार गुप्ता १६२३९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का अशोक यादवले १३२३३ मत प्राप्त गरेका छन्। यादव ०७४ मा यसै प्रदेशसभामा निर्वाचित भएका थिए । 

यो क्षेत्रका प्रदेश र प्रतिनिधिसभामा जित्ने तीनै जना संसदका नयाँ अनुहार हुन् ।

सिरहा क्षेत्र– २ का प्रदेशसभा (क) मा जनमत पार्टीका संजयकुमार यादव १२ हजार १७१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका विजयकुमार यादव ११ हजार ५३७ मत ल्याएका छन् । विजय यादव ०७४ मा यहाँबाट प्रदेशसभामा निर्वाचित भएर आर्थिक मामिला र कृषी मन्त्री भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा पनि विजयले जित हात पारेका थिए। तर, ०७९ मा उनी पराजित भएका छन्।

प्रदेशसभा (ख) मा एमालेका सत्रुधनप्रसाद सिंह निर्वाचित भएका छन् । उनी १३ हजार ७९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मदनसेनप्रसाद श्रीवास्तव ११ हजार २५ मत प्राप्त गरेका छन्। श्रीवास्तव ०७४ मा निर्वाचित भएका थिए ।  

सिरहा क्षेत्र– ३ का प्रदेशसभा (क) मा एमालेका मनोज कुमार सिंह १५८८६ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामसगुन यादवले १२ हजार ८९९ मत प्राप्त गरेको छ । सिंह पनि प्रदेशसभाका नयाँ अनुहार हुन् ।

प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका प्रमोद यादव पुनः विजयी भएका छन्। उनी ९९७६ मत प्राप्त गरेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका संजयप्रकाश यादवले ८०१४ मत ल्याएका छन् । यादव ०७४ मा यहीबाट प्रदेशसभामा निर्वाचित भएका थिए । 

सिरहा क्षेत्र–४ का प्रदेशसभा (क) मा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन्। साहले ८ हजार २२९ मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका महेन्द्र पासमानले ७०८३ मत प्राप्त गरेको छ । नेकपा एमालेका उम्मेदवार प्रकाश महासेठले ६८७८ मत ल्याएका छन् । 

पासमान ०६४ को संविधानसभामा माओवादीबाट निर्वाचित भएर मन्त्री सम्म भएका थिए । साह भने प्रदेशसभाका नयाँ अनुहार हुन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.