अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।
सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा ९ दिनसम्म चल्ने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरे।
१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया-विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरिबाट २०० भन्दा बढी नाट्य कलाकार सहभागी छन्।
महोत्सवको उद्घाटन गर्दै पर्यटन मन्त्री श्रेष्ठले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने नाट्य क्षेत्रलाई सरकारले सदैव प्राथमिकतामा राखेको बताए।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले बार्षिक क्यालेण्डरमा नै राखेर नाट्य , फिल्म जस्ता महोत्सव आयोजना गर्न महानगर उत्सुक रहेको बताए।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्।
प्रतिक्रिया दिनुहोस !
