पाल्पा १ मा २०५१ सालदेखि निरन्तर एमाले विजयी, यसपटक पनि 'क्लीन स्वीप'
तानसेन : पाल्पा क्षेत्र नम्बर १ मा नेकपा एमालेले क्लीन स्वीप गरेको छ। यस क्षेत्रमा २०५१ सालदेखि नै एमालेले निर्वाचन जित्दै आएको छ।
यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य ३१ हजार १ सय ३ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहाले २० हजार २ सय ५६ मत ल्याएका छन्। उनी १० हजार ८ सय ४७ मतान्तरले विजयी भएका हुन्।
स्वतन्त्र उम्मेदवार विपिन कंडेलले २ हजार ८ सय ६३ मत ल्याएर तेस्रो भए। यस्तै मंगोल नेशनल अर्गनाइजेसनका थम्मनबहादुर बुढा मगरले १ हजार ९ सय १६, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २ सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीका उजर सिं दर्लामीले १ सय ९,स्वतन्त्र उम्मेदवार राजु सुनारले ६६,जनता समाजवादी पार्टीका मेहरमान रानाले ५०, स्वतन्त्र उम्मेदवार नारायण न्यौपानेले २१, अर्का स्वतन्त्र डोलराज तिमिल्सीनाले ७ मत प्राप्त गरेका छन्।
एमालेकै राजुप्रसाद श्रेष्ठ पाल्पा १ (१) मा विजयी भएका छन्। उनी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० मतान्तरले पराजित गर्दै विजयी भएका हु्न्।
श्रेष्ठले १७ हजार ६ सय ४२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी खनालले १२ हजार २ सय ५२ मत ल्याए। मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २ सय ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४ सय ३१ मत प्राप्त गरेका छन्। यस्तै घर चिह्नका भिमसेन सुनारी मगरले ८० मत पाएका छन्।
यसैगरि पाल्पा १ (२) मा खेम सारु विजयी भएका छन्। उनले १४ हजार २ सय ९६ मत ल्याएर विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शंकर खनाललाई पराजित गर्दै सारु विजयी भएका हुन्।
कांग्रेसका खनालले ९ हजार ५ सय ५ मत ल्याए। मंगोल नेशनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले २ हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मण प्रसाद पंगेनीले ३ सय ७४, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले १ सय ६५ मत प्राप्त गरे।
यस क्षेत्रमा २०५१ दलबहादुर राना, २०५६ भद्रबहादुर थापा, २०६४ मा दलबहादुर राना, २०७० राधाकृष्ण कडेल, २०७४ मा पुनः दल बहादुर राना २०७९ मा नारायण प्रसाद आचार्य विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस !