संखुवासभा प्रदेश २ मा एमालेका लिङ्थेप विजयी
सङ्खुवासभा : सङ्खुवासभा प्रदेश निर्वाचन क्षेत्र-२ मा एमालेका विदुरकुमार लिङ्थेप विजयी भएका छन्। लिङ्थेपले २४० मत अन्तरले विजयी भएका हुन्।
लिङ्थेपले १५ हजार ४ सय ८२ मत ल्याउदा नेकपा(एस) की सरिता थापाले १५ हजार २ सय ४२ मत प्राप्त गरेकी थिइन्। विजयी लिङ्थेप मादि नगरपालिकाका निवर्तमान मेयर हुन्।
गठबन्धनको साथ पाएकी थापा यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य भई सामाजिक विकास समिति सभापति भएकी थिइन्।