भक्तपुरमा समानुपातिकतर्फ नेमकिपालाई बढी मत
भक्तपुर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा सबैभन्दा बढी मत नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई गएको छ। नेकपा एमाले दोस्रो र नेपाली कांग्रेस तेस्रो शक्ति बनेका छन्।
प्राप्त मतका आधारमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो ठूलो दल बनेको छ।
दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले क्षेत्र नम्बर १ बाट ३२ हजार नौ सय ४ र २ बाट ७ हजार आठ सय ६३ मत गरी ४० हजार सात सय ६७ मतका साथ पहिलो दल बनेको हो। नेमकिपाले क्षेत्र नम्बर १ को प्रतिनिधिसभा र प्रदेश सभा १ (२) को सदस्यमा विजय हासिल गरेको थियो।
यस्तै प्रदेश सभामा एक सदस्य मात्र जितेको नेकपा एमालेले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरी जिल्लामा दोस्रो ठूलो दल बनेको छ।
एमालेले क्षेत्र नम्बर १ बाट ८ हजार एक सय ९४ र २ बाट १७ हजार आठ सय ७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले बताए।
त्यसैगरी नेपाली कांग्रेसले २३ हजार सात सय ६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौथो दल बनेको छ।
कांग्रेसले क्षेत्र नम्बर १ बाट ८ हजार आठ सय ७५ र क्षेत्र नम्बर २ बाट १४ हजार आठ सय ९४ मत प्राप्त गरेको बिसीले जानकारी दिए। रास्वपाले क्षेत्र नम्बर १ बाट ११ हजार एक सय १० र क्षेत्र नम्बर २ बाट ११ हजार आठ सय ९६ मत प्राप्त गरेको छ।
यस्तै राप्रपा ११ हजार तीन सय ९२ मतका साथ पाँचौ ठूलो दल बने। उसले क्षेत्र नम्बर १ बाट ५ हजार नौ हजार नौ सय ३ र क्षेत्र नम्बर २ बाट ५ हजार चार सय ८९ मत प्राप्त गरेको छ।
नेकपा माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट एक हजार तीन सय ६७ र क्षेत्र नम्बर २ बाट ५ हजार चार सय ८९ सहित ४ हजार ९८ मत प्राप्त गरी छैटौं दल बनेको छ भने नेकपा एकीकृत समाजवादीले कुल २ हजार एक सय ५२ मत प्राप्त गरे।
प्रतिक्रिया दिनुहोस !