हत्या आरोपमा एकजना पक्राउ

हत्या आरोपमा एकजना पक्राउ

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिका-४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।

व्याँस गाउँपालिका-४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए।

विष्टलाई आइतबार पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मङ्सिर ३ गते राति दुवैको दार्चुला तिंकर सडकमा भेट भएको र दुवैले मदिरा सेवन गरेकाले विवाद हुँदा हत्या गरेको प्रहरीले जनाएको छ।

दुवैबीच एक आपसमा विवाद हुँदा दीपक विष्टले नरसिंह विष्टको टाउकोमा ढुङ्गाले हानेर हत्या गरेको प्रहरी निरीक्षक शाहीले बताए। हत्यापछि उनले विष्टको शवलाई खोलामा लगेर ढुङ्गाले च्यापेको प्रहरीले उल्लेख गरेको छ। 

दार्चुला सदरमुकाम खलङ्गामा होटेल व्यवसाय गर्दै आएका नरसिंह चुनावको अघिल्लो दिन भोट दिन भनेर गाउँ गएका थिए। 
आफन्तहरूले उनको हत्या भएको हुन सक्ने भन्दै मङ्सिर १० गते सम्म शव बुझ्न मानेका थिएनन्। प्रहरीले अनुसन्धानमा सक्रियता देखाएपछि आफन्तले मङ्सिर १० गते शव बुझेका थिए। नरसिंह विष्ट हत्या घटनाको अनुसन्धानका लागि सीआइबीको टोली समेत आएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.