भक्तपुर २ मा तीन पार्टीको जोगियो जमानत, २३ को खोसियो
भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा तीनवटा राजनीतिक दलले जमानत जोगाउन सफल भएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले जमानत जोगाए। यहाँ २६ जना प्रतिस्पर्धामा थिए।
जमानत जफत हुनबाट जोगिन सदर मतको १० प्रतिशत मत पाउनु पर्छ। यहाँ ५९ हजार एक सय ६५ मत सदर भएको थियो। जसमा ६ हजार मत पाउन पर्ने थियो।
यहाँ झण्डै दुई हजार मत बदर भएको थियो। यो क्षेत्रमा नेपाली कांग्रेसका दुर्लभ थापाले २४ हजार दुई सय ३९ मत ल्याएर विजयी भएका थिए।
उनका निकटत प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नतेले २३ हजार दूई सय ८२ मत पाएका थिए। तेस्रो स्थानमा रहन सफल नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले सात हजार एक सय २७ मत पाएकी थिइन्।
यस बाहेकका जनमत जोगाउन असफलहरूमध्ये राष्टिय स्वतन्त्र पार्टीका साजन विकले चार हजार ९८, राष्टिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार पाँच सय ९६ मत पाएका छन्।
यस बाहेकका कुनै पनि दलले एक हजारसम्म मत पुयाउन सकेनन्। धेरै उम्मेदवारहरूले एक सयको हाराहारीमा मत पाएका छन्। यहाँ सवैभन्दा कम मत स्वतन्त्र उम्मेदवारद्वय दिनेश थापा र प्रमिला प्रजापतिले तीनतीन मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस !