सवारीको ठक्करबाट साइकलयात्रीको मृत्यु

सवारीको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–७ मा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मंगलबार राति साइकलयात्रीको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा परेर पथरीशनिश्चरे नगरपालिका–१० का ४३ वर्षीय युवराज खत्रीको मृत्यु भएको हो।

साइकलमा पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा पहिचान नखुलेको सवारीसाधनले राति ९:३० बजेतिर ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए। 

उद्धार गरेर उपचारका लागि पथरी अस्पताल पुर्‍याइएका उनलाई राति १०:१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको कार्कीले बताए। दुर्घटना गराएर फरार बनेको सवारीसाधनको खोजी र पहिचानका लागि प्रहरी परिचालन गरिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.