शिविरमा बन्ध्याकरण गराउनेलाई जनही ३ सय रुपैयाँ दिइने
![शिविरमा बन्ध्याकरण गराउनेलाई जनही ३ सय रुपैयाँ दिइने](https://annapurnapost.prixacdn.net/media/albums/IMG20221201122341_20221201190659_v1hHb9IJI1.jpg)
महोत्तरी : सन्तानको ईच्छा पुगेका महिला र पुरुषको लागि महोत्तरीको गौशालामा आजदेखि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालनमा आएको छ। बिहीबार गौशालास्थित प्राथामिक स्वास्थ्य उपचार शिविरको उद्घाटन भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा सुरु भएको सो शिविरमा बन्ध्याकरण गराउने महिला वा पुरुषलाई जनही ३ सय रुपैयाँका दरले उपलब्ध गराइने भएको छ।
निःशुल्क रूपमा बन्ध्याकरण गरिनुको साथै आवश्यक औषधि पनि निःशुल्क उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा. भोला यादवले जानकारी दिए।
यसबीचमा कुनै पनि समयमा कुनै किसिमको समस्या आए त्यसको निदान पनि निःशुल्क रूपमा गरिने प्रबन्ध मिलाइएको प्रमुख डा. यादवले बताए।
सो शिविर जिल्लाको विभिन्न स्थानमा विभिन्न मितिमा सञ्चालन हुनेछ। उद्घाटन सत्रमा गौशाला नगरप्रमुख डा. दिपेन्द्र महतो, प्राथामिक स्वास्थ्य केन्द्र गौशालाका प्रमुख डा. पूजा यादव, जनस्वास्थ्य निरीक्षक राजकिशोर यादव लगायतका स्वास्थ्यकर्मीको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)