धनगढी दिनभर तनावग्रस्त

धनगढी दिनभर तनावग्रस्त

धनगढी : सडक बनाउने क्रममा ग्रेटरले च्यापिएर बालिकाको ज्यान गएपछि कैलालीको धनगढीमा तनावग्रस्त भएको छ।

धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपलचौतारा नजिकै बिहीबार बिहान विद्यालय जाने क्रममा ग्रेडरले कुल्चिएर पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भएको थियो। साइकलमा विद्यालय जाँदै गरेकी बालिकालाई ग्रेटरले ब्याक गर्ने क्रममा किचेको हो। घटनापछि दिनभर धनगढी क्षेत्र तनावग्रस्त भयो। आक्रोशित विद्यार्थीको दिनभरिको उग्र प्रदर्शन देखेपछि स्थानीय प्रशासनले धनगढी बजारको मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिँदा धनगढी उपमहानगरपालिका–५ तारानगरकी साउदको मृत्यु भएको थियो। चालक विमल कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पञ्चोदय माविका विद्यार्थीले बिहीबार दिनभरि आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध पारे भने धनगढी बजारमा विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरे। उनीहरूले जिल्ला प्रहरी कार्यालय कैलालीको गेटमा समेत टायर बालेर प्रदर्शन गरे।

‘मृतकलाई न्याय दे’ भन्दै नारा लगाउँदै प्रदर्शन उग्र भएपछि जिल्ला प्रहरी कार्यालयको गेटमा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। जिप्रका कैलालीका प्रवक्ता डीएसपी वेदप्रसाद जोशीले जिल्ला प्रहरी कार्यालयको गेटमै आएर प्रदर्शन गरेको र प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि अश्रुग्यास प्रहार गरेर भीड नियन्त्रणको प्रयास गरेको बताए।

‘विद्यार्थीहरू हुन्। साथीको मृत्यु भएको छ। आक्रोशित हुनु स्वाभाविक हो भनेर हामीले बल प्रयोग गरेका छैनौं, लाठीचार्जसमेत गरेका छैनौं’, प्रहरी प्रवक्ता जोशीले भने।प्रदर्शनकारीले दिनभरि बालिकाको शव उठाउन नदिएपछि प्रहरीले बल प्रयोग गरेर शव सेती प्रादेशिक अस्पतालमा लगेर राखेको छ। ‘दिनभरि शव सडकमै थियो, उठाएर अस्पताल ल्याउन दिइएन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.