मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला

मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला

मलङ्वा: मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सर्लाहीको लालबन्दी नगरपालिका १३, पत्थरकोटस्थित एक रिसोर्टमा मृत फेला परेका छन् ।

नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन पुगेका भट्टराई शुक्रबार राति बास बसेको पत्थरकोटस्थित रिसोर्टमा मृत फेला परेका हुन् । सप्तरीको राजबिराज नगरपालिका ७ बस्ने ६७ वर्षीय भट्टराई कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ नै जनकपुरबाट पत्थरकोट पुगेका थिए । 

बेलुका खाना खाएर एउटा मात्रै कोठा भएको कटेजमा सुत्न गएका भट्टराई शनिबार बिहान नउठेपछि बोलाउन जाँदा मृत फेला परेका हुन् । 

अहिले घटनास्थलको मुचुल्का तयार गरिरहेको छ । मुचुल्का तयार पारेपछि शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

भट्टराईको निधले साधारण सभाका सम्पूर्ण कार्यक्रम स्थगित भएको नेपाल पत्रकार महासङ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.