ताप्लेजुङमा आँखाको निःशुल्क शल्यक्रिया

ताप्लेजुङमा आँखाको निःशुल्क शल्यक्रिया

ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङका ९३ जना वृद्धवृद्धाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ। 

सदरमुकाम फुङ्लिङमा सञ्चालित तीनदिने आँखा शिविरमार्फत ९३ जनाको मोतियाविन्दु र १५ जनाको साधारण शल्यक्रिया गरिएको हो। 

शिविरमार्फत सेवा लिएकाहरू अधिकांस वृद्धवृद्धा रहेका छन्। विगत लामो समयदेखि नेत्रज्योति संघले ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको छ। 

संघको वार्षिक कार्यक्रमअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर आँखा जाँच गर्ने क्रममा मोतियाविन्दुका बिरामीको संख्या उल्लेख्य रहेको पाइएपछि शिविर सञ्चालन गरिएको संघले जनाएको छ।

यहाँबाट यस्तो किसिमको शल्यक्रिया गनएको लागि झापासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो। तर शिविरले लाखौँ रुपैयाँ बचेको नेपाल नेत्रज्याति संघ, ताप्लेजुङका सचिव खगेन्द्र अधिकारी दाबी गर्छन्। 

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा फुङलिङ नगरपालिका, सेवा फाउण्डेसन, लायन्स क्लब अफ काठमाडौं, हाम्रो रूपान्तरण अभियान, सानिमा मध्यतमोर जलविद्युत परियोजना र सानिमा बैंकको साझेदारीमा आँखा शिविर सञ्चालन गरिएको थियो। 

मेची आँखा अस्पताल झापाका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीको नेतृत्वमा आएको चिकित्सक तथा प्राविधिकसहित १३ जनाको टोलीले उपचार तथा परीक्षण गरेको थियो। 

शिविरमा ५ सय १४ जनाले आँखाको परीक्षण तथा उपचार सेवा पाएको डिचेन डोङ्गला आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजी गुरुङले जानकारी दिए। 

संघले २०५४ सालदेखि वार्षिक दुईपटक शिविर सञ्चालन गर्दै आएको छ। इन्चार्ज गुरुङका अनुसार हालसम्म शिविरमार्फत ३ हजार ५ सयभन्दा बढीको मोतियाविन्दु शल्यक्रिया गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.