जडान गरिएका विद्युतका ट्रान्सफर्मर चोरी

जडान गरिएका विद्युतका ट्रान्सफर्मर चोरी

रौतहट : रौतहटमा जडान गरिएका बिजुलीको ट्रान्सफर्मर नै चोरी हुन थालेको छ। 

गएको  एक महिनाभित्र जिल्लामा तीनवटा ट्रान्सफर्मर चोरी भएको छ। 

फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत विजयपुरदेखि सन्तपुर देस्तिया जाने कालोपत्रे सडक छेउमै सिँचाइ प्रयोजनका लागि जडान गरेको विद्युतको ट्रान्सफर्मर बिहीबार राति चोरी भएको छ।

१०० एम्पिएरको ट्रान्सफर्मर चोरी भएको स्थानीय चन्द्रकिशोर यादवले बताए। विद्युत् ट्रान्सफर्मर चोरी भएपछि भूमिगत सिँचाइ आयोजनाबाट चल्ने डिप ट्युबवेल बन्द भएको छ। 

गहुँ खेतीको समयमा डिप ट्युबवेलबाट हुने सिँचाइ बन्द हुँदा फतुवाका दर्जनौं किसान समस्यामा परेका छन्।

स्थानीय अजय यादवले भने , 'किसानको समस्यालाई ध्यानमा राखी आयोजनाले अबिलम्ब अर्को ट्रान्सफर्मर राखेर सिँचाइ सेवा सञ्चालन गर्नुपर्छ।'

केही दिनअघि  कटहरिया नपा-४ बालुवादेखि कटहरिया जाने बाटोमा डिप ट्युबवेल नजिक रहेको विद्युत् ट्रान्सफर्मर चोरी भएको थियो। 

डिप ट्युबवेलसँग जोडिएको विद्युतको तार र १०० एम्पिएरको ट्रान्सर्फमर चोरेर लगेको नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखाका प्रमुख सन्जीवकुमार दासले जानकारी दिए।

त्यसैगरी बौधिमाई नगरपालिका-४ दुर्गा मन्दिर छेउमा रहेको १०० एम्पिएरको विद्युत ट्रान्सफर्मर दुई साताअघि चोरी भएको थियो। 

प्रमुख दासका अनुसार १०० एम्पिएरको एउटा ट्रान्सर्फमरको बजार मूल्य ४ लाख रुपैयाँ पर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.