नेमकिपाबाट प्रदेशसभामा सायजू र काफ्ले
भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बागमती प्रदेशबाट दुईजना प्रदेश सांसद्को टुंगो लगाइ निर्वाचन आयोगमा पठाएको छ। नेमकिपाले सृजना सायजू र गीता काफ्लेलाई बागमती प्रदेश सदस्यका लागि समानुपातिकका तर्फबाट सिफारिस गरी पठाइएको हो।
सृजना यअसघि पनि सो प्रदेशमा पार्टीकातर्फबाट सिफारिस भइ समानुपातिकतर्फबाट सांसद थिए। काफ्ले भने नयाँ अनुहार हुन्।
यसअघि बागमती प्रदेशमा नेमकिपाले एक सिट मात्रै पाएको थियो। यो पटक दुई सिट पाएपछि नयाँ अनुहार काफ्ले पनि सिफारिसमा परेकी हुन्। सायजू भक्तपुर कमलविनायक निवासी हुन् भने काफ्ले भक्तपुरकै चाँगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरी निवासी हुन्।
उनी २०७३ सालको स्थानीय निकायको निर्वाचनमा नेमकिपाकोतर्फबाट चांगुनारायण नगरपालिकाको उपमेयर पदका उम्मेदवार पनि हुन्।
प्रतिक्रिया दिनुहोस !