बैतडीमा पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु
बैतडी : बैतडीमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ।
आइतबारबाट जिल्लाको दशरथचन्द नगरपालिका-५ मा रहेको दशरथचन्द खेलमैदान सुन्दरखालीमा अन्तरपालिकास्तरीय भलिबल प्रयतोगिता सुरु भएको हो।
तेजबहादुर चन्द स्मृति ट्रस्टको आयोजनामा सञ्चालनमा रहेको प्रतियोगितामा आयोजकसहित बैतडीका ९ वटा स्थानीय तहले सहभागिता जनाएका छन्।
एक पालिकाबाट एक टिमको सहभागिता रहेको आयजेक एवं तेजबहादुर चन्द स्मृति ट्रस्टका सचिव बिनोद बहादुर चन्दले जानकारी दिए।
आयोजकसहित ९ वटा स्थानीय तहको गरी १० टोलीको सहभागिता रहेको छ। आज पहिलो दिन तीनवटा खेलहरू सम्पन्न भएका छन्। आयोजक र सुर्नयाबीच भएको पहिलो खेलमा आयोजकले जित हात पारेको छ।
दोस्रो खेल दशरनचन्द नगरपालिका र पुर्चोडी नगरपालिकाबीच भएको खेलमा दशरथचन्द नगरपालिकाले जितेको छ।
त्यसैगरी आजको अन्तिम तथा तेस्रो खेलमा पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाबीच भएको खेलमा सिगासले जितेको छ।
खेलाडीको व्याक्तित्व विकास र भलिबल क्षेत्रको विकासका लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।
जिल्लाभरीका भलिबल खेलाडीहरूको क्षमता अभिवृद्धि गरी राष्टियस्तरका खेलाडी उत्पादनको समेत मुख्य उदेस्य रहेको ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोस्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेस्रो हुनेलाई नगद ३५ हजार र ट्रफी वितरण गरिने ट्रष्टले जनाएको छ।
जारी प्रतियोगिताले पालिकास्तरमा पनि खेलकुदका आयोजनाहरू गर्नमा प्रोत्साहित गरेको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताइन्।
प्रतिक्रिया दिनुहोस !