‘एमबाप्पेले एकदिन सबै कीर्तिमान तोड्ने छन्’

‘एमबाप्पेले एकदिन सबै कीर्तिमान तोड्ने छन्’

दोहा : काइलिन एमबाप्पेको उमेरमा हुँदा ओलिभर जिरुड सुनिएको नाम थिएन। फ्रान्सको दोस्रो डिभिजनको लिग टोर्समा उनी संघर्ष गरिरहेका थिए। करियर सुरुवात गर्न र जीवनको लक्ष्य निर्धारण गर्ने आसपासका धेरै युवाजस्तै अवस्थामा थिए, जिरुड।

जिरुडले लामो प्रतीक्षा र दृढताले अन्ततः सार्थकता पायो, जब २५ वर्षको उमेरमा फ्रान्सको राष्ट्रिय टिममा पुगे। हाल एमबाप्पेको उमेरभन्दा दुई वर्षपछि फ्रान्सको राष्ट्रिय टिममा परेका जिरुड अहिले करियरको शिखरमा छन्।

शनिबार राति फ्रेन्च राष्ट्रिय फुटबल टिमका सर्वाधिक गोलकर्ता बनेका जिरुड धेरै युवाका लागि उदाहरण बनेका छन्। जिरुडले ३७ वर्षमा हासिल गरेको यो सफलता ‘सबै चिज तुरुन्तै हासिल गर्न सकिँदैन र धैर्यताले सफलता पाउँछ’ भन्ने उदाहरण हो। फ्रेन्च फुटबलमा उनको कीर्तिमान क्षणिक हुन्छ भन्ने उनलाई थाहा छ। किनभने, उनी फुटबलका सम्राट बन्ने मार्गमा रहेका एमबाप्पेसँग खेलिरहेका छन्। एमबाप्पे द्रुत गतिमा विश्वकपको सफलतातर्फ दौडिरहेका छन्।

‘उनले सबै कीर्तिमान तोड्ने छन्’, जिरुड मुस्कुराउँदै भन्छन्, ‘मलाई त्यो थाहा छ।’ जारी विश्वकपमा गोल्डेन बुट दौडमा एमबाप्पे सबैभन्दा अगाडि छन्। अहिलेसम्म उनले पाँच गोल गरिसकेका छन्। एमबाप्पे क्रिस्टियानो रोनाल्डोभन्दा विश्वकपमा एक गोल धेरै गरिसकेका छन्। आफूभन्दा १४ वर्ष जेठा रोनाल्डोको तस्बिर फ्रेन्च फरवार्डले बाल्यकालमा आफ्नो कोठामा सजाएका थिए। उनी २० वर्षको हुँदा विश्वकप र फ्रेन्च लिग वान जितिसकेका एमबाप्पेले कोठामा काइलिन एमबाप्पेको तस्बिर राखेर प्रतिस्थापन गरेका थिए। किशोरावस्थामै ठूलो सफलता हासिल गरिसकेका एमबाप्पेको गति सुरु भएदेखि रोकिएको छैन।

फुटबल एकनासको हुँदैन। तर, एमबाप्पे भने संधै एकैनासकै छन्। सफलताबाट झन् बढी सफलतातर्फ। एमबाप्पेले २४औं जन्मदिन मनाउनुअघि फ्रेन्च टिमबाट ३३ गोल गरिसकेका छन्। यो उमेरमा थिएरी अनरीले १० गोल मात्रै गरेका थिए भने जिरुडले खातै खोलेका थिएनन्।

‘उनी अविश्वसनीय छन्, र अझै युवा झन्, त्यो झन् महत्वपूर्ण हो’, जिरुड भन्छन्, ‘किनभने उनी अझै उत्कृष्ट हुन सक्छन्।’

एमबाप्पे सन् २०१८ मै अविश्वसनीय थिए। अझै पनि परिपक्व उमेर भइसकेको छैन। उनी उत्कृष्ट टिमका उत्कृष्ट स्टार हुन्। अहिले क्षमतावान खेलाडीको जमातबाट फ्रेन्च आक्रामणलाई अझै तिखारी रहेका छन्। ‘उनी फ्रान्सको आक्रमणको आधारका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छन्’, फ्रेन्च टिमका सहायक प्रशिक्षक गाई स्टेफन भन्छन्, ‘जुन मौका उनी पेरिस सेन्ट जर्मन (पीएसजी) मा पाउँदैनन्।’

फ्रान्समा जिरुडसँगको सहकार्यमा प्रमुख हतियार बन्ने उनलाई अवसर छ। ‘एम्बाप्पे र जिरुड एकअर्कालाई चाहिने खेलाडी हुन्,’ फ्रेन्च प्रशिक्षक डिडियर डेसच्याम्पस भन्छन्, ‘हामीले एमबाप्पेका रूपमा अर्कै ग्रहबाट आएका खेलाडी पाएका छौं भन्दा पनि हुन्छ। उनीसँग विस्फोटक क्षमता छ। अपत्यारिलो क्षमता र गोल गर्न सक्ने क्षमता छ। प्रत्येक खेलमा उनले त्यो देखाइरहेका छन्। त्यो एकदमै महत्वपूर्ण पनि छ।’

एमबाप्पे विश्वकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडी पनि हुन्। ‘फेम’सँगै समस्या पनि आउँछन् भन्ने एम्बाप्पेलाई थाहा छ। गत वर्ष युरोपियन च्याम्पियनसिपमा निर्णायक पेनाल्टीमा चुकेपछि उनको तीब्र आलोचना भएको थियो।

फ्रेन्च फुटबल संघले असहयोग गरेकै कारण उनले फ्रान्सको जर्सी नलागाउने मनसाय बनाएको हल्लासमेत चलेको थियो। तर, एमबाप्पे मुस्कानसहित कतार पुगे। उनको उपस्थितिले समग्र खेलकै र जारी विश्वकपको पनि शोभा बढाएको छ। ‘विश्वकप मन छुने कुरा हो’, उनले आइतबार भनेका थिए। उनी आफ्नो सपनाको समयमा छन्। जारी २०२२–२०२३ सिजनमा उनले त्यसरी नै तयारी गरेका थिए। ‘शारीरिक र मानसिक रूपमा’ तयारी गरेकाले मात्रै यो प्रदर्शन सम्भव भएको उनले बताएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.