काठमाडौंमा बदाम व्यापारीलाई भ्याइनभ्याइ (फोटो फिचर)
![काठमाडौंमा बदाम व्यापारीलाई भ्याइनभ्याइ (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/Badam2_20221212162458_IuTUfBNoUE.jpg)
काठमाडौंमा बदामको व्यापार बढेको छ। जाडोसँगै बदामका पारखीको संख्या बढ्दा यसको कारोबार पनि बढ्ने गरेको छ।
यतिबेला काठमाडौंमा बदाम व्यापार गर्नेको भ्याइनभ्याइ देखिन्छ भने खुला स्थानमा बसेर घाम ताप्नेका हातमा पनि बदाम देखिन्छ।
बालाजु बाइपासमा बदाम बेच्दै गरेका व्यापारी धन लामा तामाङले दैनिक चार सय केजीभन्दा धेरै बिक्री हुने बताए। उनले १५ बोरासम्म बेच्ने गरेको बताए । बजारमा बदामको व्यापार बढेपछि व्यापारीको भ्याइनभ्याइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)