घोराही–तुलसीपुर सडक निर्माण अधुरै

घोराही–तुलसीपुर सडक निर्माण अधुरै

दाङ : दाङको घोराही–तुलसीपुर सडक निर्माण थालेको ४ वर्ष भयो। ४ वर्षमा नयाँ–नयाँ निर्माण व्यवसायीहरू पनि आए। भारतको निर्माण कम्पनी तथ्य इन्जिनियररिङले जिम्मा लिएको निर्माण कार्यको पहिलो पेटी ठेकेदार अनुप पाण्डेले ७ प्रतिशत काम गरेका थिए। 

त्यसपछि फेरिएका तीन पेटी ठेकेदारले थप ३ प्रतिशत काम गरेका छन्। तर, निर्माण कम्पनी, राजनीतिक दलदेखि आयोजनासम्मले पटक–पटक समयमै काम पूरा गर्ने प्रतिबद्धता जनाउन छोडेका छैनन। कामको गति पनि बढाएका छैनन्। साढे २ वर्षमा सक्नुपर्ने काम ४ वर्षसम्म १० प्रतिशतभन्दा बढेन ।

स्तरोन्नतिको कामले गति लिन सकेको छैन। निर्माणले गति लिने समयमा सडक निर्माण गर्ने पेटी ठेकेदार फेरिने र भाका सार्ने क्रम निरन्तर भइरहेकने छ। निर्माणको सम्झौता अवधि सकिनै लाग्दा फेरि भाका सार्ने तर काम नगर्ने प्रवृत्तिका कारण घोराही तुलसीपुर सडक झन् पछि झन् विवादित हुँदै गएको छ। 

सडक निर्माणका लागि विभिन्न समयमा तामझाम गरिन्छ तर हात लाग्यो शून्य भनेजस्तै सडकको अवस्था सुधार हुन सकेको छैन। गतवर्ष मंसिर १० गते सडक निर्माण गर्ने जिम्मेवारी पाएको निर्माण पक्षले कामको नतिजा दिन सकेको छैन। मंसिरसम्म ७ प्रतिशत काम भएको सडकको अहिले १० प्रतिशत प्रगति भएको छ। 

कोरोना महामारीअघि २०७५ पुसदेखि निर्माण सु्रु भएको सडकको चार वर्ष बित्नै लाग्दा पनि १० प्रतिशतमात्रै काम भएको छ। पछिल्लोपटक सडक सुधार आयोजनाले पुनः फोरलेनको कामले गति लिने दाबी गरेको छ।

आयोजना प्रमुख आशिष थापाले निर्माणको जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सनले नै अबको एकसाताभित्र कामको नतिजा देखिने गरी काम गर्ने बताए। सडक निर्माणका लागि विभिन्न समयमा सरोकारवाला छलफलमा बस्छन्। निर्माण पक्षलाई खबरदारी पनि गर्छन् तर कामले कुनै प्रकारको गति लिन सक्दैन। यसबारेको छलफल औपचारिकतामै सीमित हुने तुलसीपुरका वीरबहादुर रेउलेले बताए। 

‘सडक निर्माणले गति लिन्छ भन्नेमा हामीलाई विश्वास लाग्न छोडिसक्यो’, उनले भने। घोराहीको बबई खोलादेखि तुलसीपुरको हात्तीखौवासम्म २८ किलोमिटर सडक निर्माणका लागि तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले नेपाल सरकारसँग फोरलेन सडक निर्माणका लागि १ करोड २१ लाख अमेरिकी डलरमा सम्झौता गरेको छ।

सडक आयोजनाका प्रमुख थापाले चालू वर्षको असार मसान्तसम्म सडक निर्माण नभए सम्झौता तोड्ने बताए। ‘आउँदो पुस १५ गतेभित्र ३० प्रतिशत र चैत मसान्तसम्म ७० प्रतिशत काम सम्पन्न गर्नुपर्ने मापदण्ड छ’, उनले भने, ‘चालू वर्षको असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने हो। तर, त्यसो हुने संकेत देखिएको छैन।’ 

२०७५  पुसमा दुई वर्षभित्र सम्झौता भए पनि चार वर्षसम्म पनि निर्माण हुन सकेको छैन। सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको बस चालक रमेश नेपालीले बताए। 

सडक निर्माणको काम अलपत्र हुँदा हिउँदमा धुलो र वर्षामा हिलोले सताउने गरेको छ। निर्माणको जिम्मा पाएको कम्पनी भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर प्रालिलाई भने हाइसन्चो छ। कम्पनीले विभिन्न पेटी ठेकेदारलाई निर्माणको जिम्मा दिने गरेको छ। तर, कामको गति भने निकै सुस्त छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.