सत्ता समीकरणबारे एमाले-माओवादी केन्द्र सघन छलफलमा, ओलीलाई भेटे देव गुरुङले

सत्ता समीकरणबारे एमाले-माओवादी केन्द्र सघन छलफलमा, ओलीलाई भेटे देव गुरुङले

काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच सम्भावित वाम गठबन्धन र सत्ता समीकरणबारे छलफल भएको छ। मंगलबार राति बालकोट पुगेर महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन्। 

माओवादी केन्द्रले एमाले र कांग्रेससँग समानान्तर रुपमा सत्ता बार्गेनिङ गरिरहेको छ। वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार गठन गर्ने निर्णय गरेका सत्ता गठबन्धनमा आवद्ध दलमध्ये माओवादी केन्द्र भने पछिल्लो समय एमालेसँग सघन वार्तामा जुटेको छ। एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिलेर जान दवाब दिइरहेका छन्। 

एमाले पोलिब्यूरो सदस्य महेश बस्नेतले गत साता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेर एमाले–माओवादी केन्द्र मिलेर सरकार गठन गर्नुपर्नेमा जोड दिएका थिए। मंगलबार रातिको भेटमा माओवादी केन्द्रका महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग वाम गठबन्धनको विकल्प नभएको र अहिले पनि सरकार गठनमा सहकार्य गर्न सकिने बताएका छन्।

माओवादी केन्द्रका अध्यक्षसँगको बृहत छलफलपछि महासचिव गुरुङ एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका हुन्।

स्रोतका अनुसार, दुवै पार्टीका दोस्रो तहका नेताहरुले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट गराउने तयारी गरेका छन्। अध्यक्ष ओली निकट एमालेका एक नेताले अन्नपूर्णसँग भने,‘दुवै पार्टीका अध्यक्षहरुलाई भेट गराउने वातावरण मिलाइरहेका छौं। ओली र प्रचण्डबीच छिट्टै भेटवार्ता हुन्छ। ’

मुलुकको दीर्घकालिन विकासका लागि कम्युनिष्ट सरकार अपरिहार्य रहेको दुवै अध्यक्षले महसुस गरेको उनको भनाई छ। ‘दुवै अध्यक्षहरु विगतमा भएका गल्ती कमजोरी सच्याएर अघि बढ्न तयारी देखिनुभएको छ’ , ती नेताले अन्नपूर्णसँग भने,‘अहिले दुवै अध्यक्ष लचक देखिनु भएको छ। मुलुकको दीर्घकालिन विकासका लागि वाम एकता र कम्युनिष्ट सरकार अपरिहार्य रहेको दुवै नेताले महसुस गर्नुभएको छ।’ 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको बृहत छलफलपछि महासचिव गुरुङ एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जानुभएको माओवादी केन्द्रका एक नेताले अन्नपूर्णलाई जानकारी दिए। ओली-गुरुङबीचको भेटमा सरकार गठन प्रक्रियामा देखिएका भूराजनीतिक छाया र तीनका सम्भावित परिणामका बारेमा समेत खुलेर छलफल भएको स्रोतले जनाएको छ। 

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव गुरुङबीच केही साना दलको साथमा एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउन सकिने सम्भावनाबारे छलफल भएको थियो। ओली र गुरुङबीच मंगलबार राती ९ बजेदेखि झण्डै दुई घण्टा पछिल्लो समयमा देखिएका भूराजनीतिक परिस्थिति, सत्ता समीकरण र वाम गठबन्धनका विषयमा गहन छलफल भएको  छ। एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव गुरुङबीचको भेटलाई उनीहरु निकटका फरक-फरक नेताहरुले पुष्टि गरेका छन्।

संसदमा नेकपा एमालेले समानुपातिक र प्रत्यक्ष गरी ७८ सिट, माओवादी केन्द्रले समानुपातिक र प्रत्यक्ष गरी ३२ सिट ल्याएको छ। प्रचण्ड पछिल्लो समयमा साना र स्वतन्त्रबाट निर्वाचित सांसदसँग पनि सत्ता समिकरणबारे निरन्तर संवादमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.