कोरियाको इतिहास जोडिएको बुद्धको मुर्ति

कोरियाको इतिहास जोडिएको बुद्धको मुर्ति

सियोल: नेपालीको उत्कृष्ठ श्रम गन्तव्य दक्षिण कोरिया धार्मिक एवम् पर्यटकीय हिसाबले पनि परिचित छ ।

करिब ६० हजार कामदारसँगै अन्य नेपाली नागरिकको सुखद् र दुखद् सन्दर्भसँग जोडिएको कोरियामा विश्वका विभिन्न धर्म, संस्कृति तथा मूल्यमान्यता भेटिन्छन्।

जापान र उत्तर कोरियासँगको युद्धका कारण थलिएको दक्षिण कोरियाका नागरिकले लामो समय त्रासपूर्ण र अशान्त वातावरण झेल्नुपर्यो । 

पटक पटकको युद्धबाट लाखौँ नागरिकले ज्यान गुमाए। युद्धकै कारण कोरियाले आर्थिक एवम् भौतिक रुपमा ठूलो क्षति व्यहोर्नुपर्यो । सन् १९५३ बाट युद्ध रोकियो।

युद्धले आक्रान्त कोरियाली नागरिक शान्तिपूर्ण वातावरण बनोस् भन्ने चाहान्थे । उत्तर र दक्षिण कोरियाबीच  पुनःमिलन भइदिए हुन्थ्यो भन्ने कामनासहित उनीहरूले शान्तिका प्रतिक भगवान गौतम बुद्धको मुर्ति बनाएर प्रार्थना गर्न थाले। 

अहिले ख्यङजु र छन्आन्को थेजोसान्लगायत आधा दर्जनभन्दा बढी स्थानमा बुद्धको विशाल मुर्ति छन् । जहाँ अहिले पनि यहाँका नागरिक दक्षिण कोरिया र उत्तर कोरियाको पुनः मिलनसँगै शान्तिको लागि प्रार्थना गर्दछन् । 

सन् १९७५ मा थेजोसान् पहाडमा करिब ५० फिट अग्लो बुद्धको मुर्ति स्थापना भएको थियो । जसलाई कोरियामा  खाक्ओन्सा स्तुपाको नामले चिनिन्छ । यो कोरियास्थित दोस्रो ठूलो बौद्ध स्तुपा हो । यहाँ विभिन्न राष्ट्रियताका मानिस  मनोकाक्षा पूरा हुने विश्वासका साथ प्रार्थनाका लागि पुग्दछन् । 

विशेषगरी बौद्ध धर्मावलम्बीहरूको प्रमुख धार्मिकस्थलको रुपमा खाक्ओन्सा स्तुपालाई लिने गरिएको छ । 

बौद्ध धर्मावलम्बी एवम् कानूनविद् कोरियाली नागरिक जोसिल सुले स्तुपा स्थापनाको नेतृत्व गरेका थिए । विश्वभरका नागरिकहरूले उपलब्ध गराएको सहयोग रकमबाट स्तुपा निर्माण गरिएको थियो । 
 
६० टनको कालो रङको विशाल मुर्ति र पृष्ठभूमिमा मौसम अनुसार ढकमक्क फूल्ने फूलहरूले पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ । सो क्षेत्रमा बौद्ध धर्मालवम्बीबाहेक अन्य आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत चहलपहल हुने गर्दछ । 

द्रूत  रेलमार्ग, भूमिगत रेलमार्ग, द्रूत बस सेवा, विद्युतीय बस सेवा तथा ट्याक्सीलगायतका सवारी साधनको सर्भसुलभ पहुँचले टाढा टाढाका मानिसलाई  पनि यस क्षेत्रमा घुमफिरका लागि आवत जावत गर्न सहज बनाइदिएको छ। 

छन्आन् सहरबाट ४ किलोमिटरको दूरी पार गरेपछि पहाडको फेदीमा रहेको २०३  वटा भर्‍याङ चढेर स्तुपाको प्रवेशद्वारमा पुग्न सकिन्छ । २४ सै घण्टा खुला रहने यो स्तुपामा प्रवेश गर्न, अवलोकन गर्न, तस्वीर खिच्न शुल्क नलाग्ने स्तुपा व्यवस्थापन समूहले जनाएको छ । सो क्षेत्रमा प्रवेश गर्न उमेरको पावन्दी समेत छैन । 

स्तुपा परिसरमा प्रार्थना हल, फोटो खिच्ने पार्क, मूर्तिको दायाँबायाँ दूवैतर्फ दिप प्रज्वलन भइरहेको देख्न सकिन्छ ।  खानेपानी, शौचालय र अन्य व्यवस्थापकीय पक्षका कारण पर्यटकीय दृष्टिकोणबाट यो क्षेत्रलाई महत्वपूर्ण गन्तव्यको रुपमा लिइन्छ । 
बुद्ध जयन्तीका दिन यस क्षेत्रमा बौद्ध धर्मावलम्बीसहित अन्य पर्यटकहरूको विषेश चहलपहल हुने तथा अन्य समयमा पनि दैनिक सयौँ पर्यटकहरूको उपस्थिति रहने गरेको छ । 

कोरियामा १७ प्रतिशत नागरिक बौद्ध धर्मावलम्बी छन् । 


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.