चमेरो संरक्षण गर्न प्रजाति खोजिँदै

चमेरो संरक्षण गर्न प्रजाति खोजिँदै

गुलरिया : बर्दियामा चमेरोको संरक्षण गर्न यसका प्रजातिको खोजी सुरु भएको छ। विश्वमा २५ सय प्रजातिभन्दा बढी चमेरोहरू रेकर्ड भएका छन्। नेपालमा ५७ प्रजातिका चमेरो मात्र पाइन्छन्।

बर्दियामा चमेरोको अनुसन्धान सुरु नभए पनि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममार्फत चमेराको खोजी गरिरहेको छ। बर्दियामा हालसम्म ५ प्रजातिका चमेरो फेला परेको कोषका संरक्षण अधिकृत डा. रविन कडरियाले बताए। थप प्रजातिहरू खोजी भइरहेकाले थप नयाँ प्रजातिभेटिन सक्ने कोषको अनुमान छ। ‘बर्दियामा कति प्रजातिका चमेरा छन् ? कस्ता ठाउँमा पाइन्छन् ? यिनीहरूले के खान्छन् ? लगायतका विषयमा खोज तथा अनुसन्धान गरिरहेका छौं’, कडरियाले भने।

बर्दियाको गुलरिया, राजापुर र बाँकेको नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय बाँकेको प्राङ्गणमा अवस्थित काभ्रोको रूखमा ठूलो झुन्डमा बसेका चमेराहरू भेटिएका छन्। गुलरियामा ८ सय, राजापुरमा एक हजार ५ सय र नेपालगन्जमा ७ सय गरी ३ हजारको हाराहारीमा चमेरो फेला परेको डाक्टर कडरियाले प्रष्ट पारे। सबै चमेरोहरू इन्डियन फ्लाइङ फक्स प्रजातिका हुन्। ‘इको साउण्ड विधिबाट चमेरोको खोजी गरिन्छ। 

चमेरो भए नभएको पत्ता लगाउन सम्भावित ठाउँमा आवाज नाप्ने इको मिटर राखिन्छ। चमेरो भेटिए इको मिटरमा साउन्ड आउँछ। देखिने ठाउँमा भए वाइनाकुलर तथा फोटो सुटमार्फत चमेरोको अध्ययन हुन्छ, उनले थपे, ‘यदि चमेरो नदेखिने अवस्था रहे जाली लगाउँछौं। जालीमा फसेको चमेरोको आवश्यक रेकर्ड लिई छोडिदिने गर्छौं। यसरी चमेरोको नाम, प्रजाति, हाइट, उमेर, अवस्थाका बारेमा खोजी गर्छौं।’

वृक्ष प्रजातिका वनस्पतिहरूको प्रजननमा महत्वपूर्ण योगदान पुर्‍याउने चमेराहरूप्रति जनमानसमा रहेको नकारात्मक दृष्टिकोणलाई सकारात्मक बनाउनु आवश्यक छ। चमेरो संरक्षणमा समुदायलाई सचेतपार्दै यिनको बासस्थान जोगाउने कार्य कोषले गर्दै आएको छ।

चमेरो पाइने क्षेत्रलाई पर्यापर्यटनसँग जोड्दै समुदायको आयआर्जनमा टेवा पुर्‍याउनु यो कार्यक्रमको उद्देश्य हो। जैविक विविधताको संरक्षण गर्दै जल, जंगल, पृथ्वी जोगाउनु अबको आवश्यकता हो। सबै मिली वातावरण संरक्षणमा हातेमालो गर्नुपर्छ। पछिल्लो समय वन विनास, बढ्दो औद्योगिकरणका कारण पृथ्वीको तापक्रम बढेसँगै प्रकृति विनासको जोखिमले मानवलगायत जीवजन्तु जगतलाई समस्या सिर्जना गरेको छ। पृथ्वीसँगै जैविकविविधताको संरक्षणसँगै मानव बन्यजन्तुबीच सहअस्तित्व बढाउँदै प्रकृतिमैत्री जीवनयापन अबको आवस्यकता रहेको डा. कडरियाले बताए।

  •     विश्वमा चमेरोको २५ सय प्रजाति रेकर्ड 
  •     नेपालमा चमेरोको ५७ प्रजातिमध्ये बर्दियामा ५ प्रजाति फेला 

जैविक विविधताभित्र चमेरोले प्राकृतिक वनहरूमा परागसेचन गर्न अहम् भूमिका निर्वाह गर्ने गरेको चमेरो अध्येता अनिशा न्यौपानेले बताइन्। उड्ने स्थनधारी जीवका रुपमा परिचित चमेराहरू बर्दियामा विभिन्न प्रजातिका भेटिएका छन्। बर्दियाको गुलरिया नगरपालिका भन्सार मूर्तिहा रोडमा अवस्थित कव्रुस्थानस्थित वरको वृक्षमा रहेको इन्डियन फ्लाइङ फक्स प्रजातिका चमेराहरू लामो समयदेखि बस्दै आएको उनले बताइन्। यहाँ करिव ८ सयको हाराहारीमा चमेराहरू छन्। यिनीहरू आहाराका लागि लामो दूरी पार गर्छन्।

इन्डियन फ्लाइङ फक्स प्रजातिका चमेराहरू आहाराको लागि चुरे पहाडको फेदीसम्म पुग्ने गरेको उनले प्रष्ट पारिन्। लामो यात्रा तय गर्ने चमेरोले चिउरी, अम्बा लगायतका फलफूलहरू खाने गर्छन्। म्यामल ग्रुपका उड्न सक्ने चमेराहरू आफ्ना बच्चालाई दूध चुसाउँछन्। मानिसहरू उड्न सक्दैनन् चमेराहरू हिँड्न सक्दैनन्।रूखमा झुन्डिएर बस्ने यिनीहरू रातिमा सक्रिय हुने गरेको उनले बताइन्। ‘चमेरोसंरक्षणमा सबैले चाँसो दिनुपर्छ’, उनले थपिन्, ‘चमेरोलाई नकारात्मक रूपमा नलिइ यसको संरक्षणमा सबै जुट्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.