सडक अतिक्रमण हटाउँदै सिद्धार्थनगर

सडक अतिक्रमण हटाउँदै सिद्धार्थनगर

भैरहवा: रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक र फुटपाथ अतिक्रमण हटाउन थालेको छ ।

सडक र फुटपाथ अतिक्रमण हटाउन पालिकाले नगर प्रहरी परिचालन गरेको छ । बिहीबार नेपाल प्रहरीको समन्वयमा पालिकाबाट खटिएको नगर प्रहरीले नगर क्षेत्रको सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको विभिन्न साम्रगी नियन्त्रणमा लिएको छ । त्यस्तै संरचनाहरु हटाइएको छ ।

सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको एक थान मोटरसाइकल, ठेला, काठ, विभिन्न प्रकारका साइन बोर्ड, फर्निचर लगायतका साम्रगीहरु नियन्त्रणमा लिइएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले बताए ।  

‘हामीले विगत केही महिना देखि सडक र फुटपाथ अतिक्रमण गर्न नगर प्रहरी खटाएर सबैलाई सचेत गराउँदै आएका थियौ’  सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘अटेर गरिरहेका उपर अब कारवाही प्रक्रिया सुरु गरेका छौँ ।’

नियन्त्रणमा लिइएका साम्रगी लिन आउने व्यवासायीको व्यवसाय सम्बन्धिका कागजात समेत हेर्ने गरिएको छ । कैफियत देखिएमा त्यस उपर कारवाही प्रक्रिया अघि बढाइने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.