छाडा चौपाया व्यवस्थापन गर्दै सिद्धार्थनगर

छाडा चौपाया व्यवस्थापन गर्दै सिद्धार्थनगर

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले नगर क्षेत्रमा रहेका छाडा चौपाया (गाई‐गोरु) व्यवस्थापन गर्न सुरु गरेको छ।

छाडा छाडिएको गाई‐गोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यमा पनि असर पारेकाले नगरपालिकाले राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धानको केन्द्रसँगको सहकार्यमा छाडा चौपाया (गाई‐गोरु) व्यवस्थापन गर्न सुरु गरेको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खानले बताए।

‘छाडा छाडिएको गाई गोरुको व्यवस्थापन गर्न सुरु गरेका छौं’ उनले भने, ‘सुन्दर नगर बनाउनमा नगरवासीले पालेका गाई गोरु पनि अबदेखि छाडा नछाडने हामी विश्वस्त छौँ।’

अन्य पालिका, खुला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाई गोरु छाडा छाड्ने गर्दा नगरपालिकामा छाडा चौपायाको समस्या देखिएको नगरपालिकाले जनाएको छ। छाडा चौपायाले नगरको सौन्दर्यका लागि लगाइएका फूल, बिरुवा, धानखेत लगायतमा नोक्सानी भएको छ।

भारतबाट छाडा गाई गोरुको प्रवेश नियन्त्रणका लागि सशस्त्र प्रहरी र छिमेकी पालिकाबाट प्रवेश नियन्त्रणका लागि नेपाल प्रहरीले सहयोग गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ।

व्यवस्थापनका लागि नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा नगर क्षेत्रबाट छाडा चौपायालाई एकत्रित गरी राख्न सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए। 

तत्कालका लागि छाडा चौपायालाई एकत्रित गरेर राख्न व्यवसायी कृष्णप्रसाद शर्माले होलिडङ सेन्टरका रूपमा जग्गा उपलब्ध गराएका छन्।

नगरपालिकाको कार्यालयले एकत्रित गरेको छाडा चौपायालाई अनुसन्धान केन्द्रले बर्दघाटस्थित गौशालामा लगेर पालन पोषण गर्ने उनले बताए। 

उनका अनुसार केन्द्रले उक्त चौपायाहरूको स्वास्थ्य स्थित लगायत अवस्थाबारे नगरपालिकाको कार्यालयलाई जानकारी समेत गराउनेछ।

नगरपालिकाको कार्यालयले वडा नम्बर ११ स्थित नगरपालिकाको स्वामित्तवमा रहेको जग्गामा कान्जी हाउस निर्माणको प्रक्रिया पनि अघि बढाइएको सिद्धार्थनगर नगरपालिकाको उपमेयर उमा अधिकारीले बताइन्। 

उक्त हाउसलाई छाडा चौपायाको व्यवस्थापनका लागि होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिने उनले बताइन्। केही नगरवासीले गाई गोरु दिउँसो गोठमा राखेर साँझ छाड्ने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न उनले आग्रह गरिन्।

‘नगरपालिकाको मुख्य समस्या मध्य एक छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरिसकेका छौँ’ मेयर खानले भने, ‘अर्को फोहोरमैला व्यवस्थापनका लागि पनि गृहकार्य भइरहेकोले त्यो पनि छिट्टै समाधान हुन्छ।’

नगर क्षेत्रमा देखिएका समस्या क्रमशः प्राथमिकताका आधारमा समाधान गर्दै लगिने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.