कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा शाही
सुर्खेत : कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत भएका छन्। वर्तमान मुख्यमन्त्रीसमेत रहेका शाही पुनः संसदीय दलको नेतामा चयन भएका हुन्।
२०७४ को निर्वाचनपछि शाही नै कांग्रेसको संसदीय दलको नेतामा बनेका थिए। त्यसबेला शाही कर्णालीमा कांग्रेसका एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् थिए।
यसपाली उनको विरुद्धमा दल नेतामा दाबी गरिरहेका राविजबिक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत भएका हुन्।
संसदीय दलको नेतामा सर्वसम्मत भएका शाही नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुन्। शाही हुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट सात हजार ५६ मतसहित निर्वाचित भएका हुन्।
प्रतिक्रिया दिनुहोस !