सुत्केरी पोषण भत्ता ६ हजार
![सुत्केरी पोषण भत्ता ६ हजार](https://annapurnapost.prixacdn.net/media/albums/20180416183448_sutkeri1_o45g9Em1I4.jpg)
दाङ : दाङको दंगीशरण गाउँपालिकाले सुत्केरीहरूका लागि पोषण भत्ता ६ हजार दिन थालेको छ। सुत्केरी महिलाहरूको स्वास्थ्यलाई सुदृढ गर्न पालिकाले ६ हजार पुर्याएर भत्ता दिन सुरु गरेको हो।
दंगीशरण गाउँपालिकाभित्र बसोबास गरी स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका तथा रिफर गरिएका सुत्केरीहरूलाई पोषण भत्ता दिन थालिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वलीले बताए ।
‘भत्ताका लागि केही सर्तहरू छन्’ उनले भने। ‘त्यो पूरा भएपछि सरकारले दिने २ हजार ८ सयमा पालिकाले ३ हजार २ सय थप गरेर ६ हजार पुर्याएर दिन सुरु गरेका छौं।’
स्थानीय निर्वाचनपछि आएका नयाँ जनप्रतिनिधिले गरेको पहिलो निर्णय सुत्केरीलाई ६ हजार पोषण भत्ता दिने गरिएको हुँदा त्यसको कार्यान्वयन भएको पालिका अध्यक्ष शम्भु गिरीले बताए। बिहीबार दंगीशरणमा औपचारिक कार्यक्रमको आयोजना गरी पोषण भत्ता वितरणको शुभारम्भ गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)