चिसो मौसममा नेपथ्यका गीत संगीतले तात्यो पोखरा
पोखरा: सांगीतिक समूह नेपथ्यले आप्नो गृह नगर पोखरामा चिसो मौसममा गीतसंगीतले माहोल तताएको छ ।
बिहानै देखि खुलेको खुलेको मौसम । अन्नपूर्ण, माछापुच्छ्रेको काख पोखरामा चिसो मौसममा नेपथ्यका गीत संगीतले मंगलबार पोखराको प्रदर्शनी केन्द्रमा हजारौ पोखरेली झुमे ।
गायक अमृत गुरुङले आप्नो गृह नगर पोखरामा पहिलो गीत आँगनै भरि हिउँ नै झरे, आरु फूल है टिपि राख्नु गाएर सांगीतिक माहोल तताएका थिए। नेपथ्यका मुख्य गायक अमृत गुरुङले झण्डै ३३ वर्ष अघि कास्कीको याङ्जाकोटमा यो गीत रचेका थिए। यो गीत व्याण्डै पहिलो सिर्जना हो। दोस्रो प्रस्तुतीको रुपमा गायक गुरुङले भेडाको उनजस्तो पस्कीएका थिए। तेस्रो गीतको रुपमा नेपथ्यले छेक्यो छेक्यो देउराली डाँडा गाएका थिए। गीत गाइरहँदा हजारौ पोखरेलीले गायक अमृतलाई साथ दिएका थिए ।
हिमाल चुचुरे गीत गाउँदा पोखरेली झन उत्साहित हुँदै झुमेका थिए। गीत संगीत प्रस्तुत भइरहदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु, ३२ वर्ष यात्रामा गरेका यात्राका झलक आउने तस्बिरहरु देखाइएको थियो । गायक गुरुङले पोखरेली दर्शकका साथै यो अवसर जुराइदिने मानव सेवा आश्रमलाई धन्यवाद दिए । गायक गुरुङले गीत प्रस्तुतीका क्रममा आप्नो थातथलो नछाड्न पनि गीत मार्फत आब्हान गरे ।
गीत प्रस्तुत गर्दै जाने क्रममा गायक अृमतले खान्न म त लामपाते सुरती, लाउँ कि नलाउँ जुग जाने पिरती गीत पोखरेली दर्शक सामु गाएका थिए । यसै वरी नेपथ्यका पुराना गीतहरु चरिमर्यो र जोमसोमे बजारमा लगायतका गीत प्रस्तुत गरेका थिए। पोखरा २५ हेमजामा बन्दै गरेको मानव सेवा आश्रम सहयोगार्थ कन्सट भएको हो । गायक गुरुङले मानव सेवाकालागि बन्दै गरेको मानव मन्दिर निर्माणकालागि सक्नेले धन र नसक्नेले श्रम दिन अनुरोध गरेका थिए । संसारमा सबैभन्दा ठूलो धर्म सेवा भएको पनि गायक गुरुङले बताए ।
पोखरामा २५ हेमजामा ८४ रोपनी जमिनमा मानव सेवा आश्रम बन्दै छ। जस्को घर छैन, कोही छैन, सडक पेटिमा बस्नु पर्ने अवस्था छ उनीहरुकालागि आश्रम बन्न लागेको मानव सेवा आश्रमले जनाएको छ। मानव सेवा आश्रम पोखरामा सबैले एक पटक आएर अध्ययन गर्ने घुम्न आउने स्थानको रुपमा विकास गर्न १ अर्वको गुरुयोजना रहेको बताइएको छ। आश्रममा अहिले १०५ जना छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)