जो सभामुखको चर्चामा छन्

जो सभामुखको चर्चामा छन्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकारमा सभामुखको जिम्मेवारी कसलाई दिने भन्ने विषयको चर्चा चुलिएको छ। सत्ता गठबन्धन पद बाँडफाँटमा माओवादी केन्द्रबाट प्रचण्ड प्रधानमन्त्री बनेका छन् भने एमालेले राष्ट्रपति र सभामुख पाउने भएको हो। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत पद बाँडफाँटको टुंगो सत्ता गठबन्धनले लगाउनै बाँकी छ। यस विषयमा सभामुखका लागि छविलाल विश्वकर्मादेखि पृथ्वीसुब्बासम्मको नाम चर्चामा छ। 

एमालेमा चार जना आकांक्षी देखिएका छन्। एमालेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, रघुजी पन्त, र विद्या भट्टराईको नाम अहिले चर्चामा छ। पाँचै जनाले सभामुख दाबी गरे पनि अन्तिममा कसलाई सभामुख बनाउने भन्ने केपी ओलीबाहेक कसैलाई थाहा नहुने तर्क पार्टीभित्र छ। चार जना प्रत्यक्ष निर्वाचित हुन् भने पन्त समानुपातिक तर्फबाट निर्वाचित हुन्। 

नेताहरू भन्छन् : चर्चा मात्रै हो, हामीलाई केही थाहा छैन 

सभामुखमा एमालेका उपमहासचिव गुरुङ र सचिव विश्वकर्माले दाबी गरेको बुझिएको छ। यी दुवै नेतालाई सभामुख बन्ने चाहाना अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्‍याइएका कुरा चर्चामा छ। सांसद गुरुङले भने, ‘चर्चा त चलेको छ तर केवल चर्चा मात्रै हो। अहिले छलफल भएको छैन। त्यसैले यो बारेमा हामीलाई केही थाहा छैन।’  उनले थपे,  ‘अध्यक्षसँग यस विषययमा छलफल भएको छैन।’ तपाईंको नाम पनि चर्चामा छ नि भन्ने प्रश्नमा उनले भने, ‘पाए त लिने नि, किन नलिनु।’  विश्वासको मत लिएपछि मात्र यस विषयमा छलफल हुने गुरुङको भनाइ छ। 

सभामुख हुनेबारे अहिलेसम्म पार्टीले कुनै निर्णय नगरेको र पार्टीले गरेको निर्णय स्वीकार्य हुने सांसद विद्या भट्टराई बताउँछिन्। उनले भनिन्, ‘कुनै छलफल भएको छैन। पार्टीले जुन जिम्मेवारी दिन्छ सोही भुमिकामा रहन तयार छु।’  त्यस्तै, महासेठ भने सभामुखका लागि कहीँकतैबाट नाम चर्चामा आए पनि आफू सभामुखमा जाने बेला भइनसकेको बताउँछन्। ‘हल्ला चलेको मात्र हो। 

यो हल्ला आधिकारिक ठाउँबाट आएको होइन। यसमा सत्यता छैन। मेरो सभामुखमा जाने बेला पनि भएको छैन। सभामुख बन्न हाम्रो पार्टीमा एक से एक हुनुहुन्छ। म पार्टीकै संगठनमा बसेर काम गर्न चहान्छु’, महासेठले भने। 
त्यस्तै, पन्त पनि चर्चामा आए पनि यस विषयमा कुनै जानकारी नभएको बताउँछन्। सुवास नेम्बाङले भने आफू सभामुख बन्नेमा कुनै सम्भावना नरहेको बताएको उनी

निकट नेताको भनाइ छ। यसपटक नेम्बाङको दाबी राष्ट्रपतिमा रहेको बुझिएको एक नेताले बताए। 

पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार १० माघभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्छ। २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। त्यस लगत्तै सभामुखको निर्वाचनको प्रक्रिया सुरु हुन सक्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.