एकीकृत घुम्ती सेवामार्फत जनतालाई सेवा

एकीकृत घुम्ती सेवामार्फत जनतालाई सेवा

महोत्तरी : मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत जनतालाई सेवा दिने कार्य सुरु गरेको छ।

मटिहानी नगरपालिका-१ को सानो धिरापुरमा क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य अभिराम शर्मा र मटिहानी नगरपालिका नगर प्रमुख हरिप्रसाद मण्डलले बुधबार संयुक्त रूपमा सेवाको उद्घाटन गरे।

सो सेवा नगरका ९ वटै वडामा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

घुम्ती शिविरमा योजनासम्बन्धी अभिमुखीकरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, माटो परीक्षण, कृषि मिटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, गरिब परिचयपत्र वितरण, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सेवा प्रदान गरिने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.