पाल्पाको सत्यवतीमा बस दुर्घटना : ६ जनाको मृत्यु, १८ घाइते

पाल्पाको सत्यवतीमा बस दुर्घटना : ६ जनाको मृत्यु, १८ घाइते

तानसेन : पाल्पामा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सालझण्डी ढोरपाटन सडकको सत्यवती, खुर्सानेको मधुवनमा दुर्घटना भएको हो।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ जाँदै गरेको गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको पाल्पा प्रहरीले पुष्टि गरेको छ । 

बस दुर्घटनामा परी एकै गाउँका ६ जना महिलाको मृत्यु भएको हो।  दुर्घटनामा परी मृत्यु हुनेमा ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वरेन्द्र थापाले बताए ।  

घटनामा घाइते भएका १८ जनाको बुटवलको लुम्विनी प्रादेशिक अस्पताल र जितगढीको एडमन सिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइते हुने रैनादेवी छहारा गाउँपालिका ८ का रहेका पाल्पा प्रहरीले जनाएको छ । 

घाइतेहरु २२ वर्षीया श्रेया राना, निजको १८ महिनाको छोरी दिपसन राना, २५ वर्षीया चुमा घर्ती, ४१ वर्षीय रामबहादुर बस्नेत, २२ वर्षीय सूर्यबहादुर रेश्मी, चालक ३२ वर्षीय चेतबहादुर दर्जीलाई बुटवलको एडमन सिटी हस्पिटल लगिएको छ।

अन्य घाइते हुनेमा ७२ वर्षीया पूर्णकला दर्जी, ६० वर्षीया यमकला रास्कोटी, ३९ वर्षीया यमकला पाण्डे, २३ वर्षीया लालकुमारी पाण्डे, ७ वर्षीय सुरज घिमिरे, ३५ वर्षीया तुलसा पाण्डे, २६ वर्षीया लिला गाँहा, ९ वर्षीया अप्सना रास्कोटी, ३५ वर्षीया पवित्रा भनिने फर्सिकला पाण्डे, २८ वर्षीया बर्षा भनिने लिमकली पाण्डे र निजकीछोरी ३ महिनाकी आर्या पाण्डे, ७३ वर्षीया श्यानिकला पाण्डे रहेका छन्। उनीहरुको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी विरेन्द्र थापाले बताए । 

घाइतेहरु अधिकाशंको हातखुट्टा भाँचिएको छ । गए राती साढे १० बजे भएको दुर्घटनामा बस सडकबाट अन्दाजी सय मिटर तल खसेको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.