कर्मचारी निधनको शोकमा सार्वजनिक बिदा

कर्मचारी निधनको शोकमा सार्वजनिक बिदा

महोत्तरी: गौशाला नगरपालिकामा एक हप्तामा दुई कर्मचारीको निधन भएको छ। कर्मचारीको निधनको शोकमा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

नगरपालिका जिन्सी शाखामा कार्यरत चन्द्रकला साहको बिहीबार राति मृत्यु भएको छ। अस्वस्थ रही उपचाररत उनको मृत्यु भएको हो। उनको शुक्रबार अन्त्येष्टि गरिएको नगरपालिकाले जनाएको छ।

साहको निधनको शोकमा नगरपालिकाले शुक्रबार नगरमा सार्वजनिक बिदा दिएको छ।

नगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापाका अनुसार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, आकस्मिक सेवा र बर्थिङ्ग सेवा बाहेकका अन्य स्वास्थ्य संस्थामा शोक बिदा दिइएको हो।

यसअघि सोमबार वडा नं. ५ को वडा कार्यालय सहयोगी लिलबहादुर बलम्पाकीको मृत्यु भएको थियो। उनको मृत्युको शोकमा मंगलबार सार्वजनिक बिदा दिइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.