बाराका छवटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योग सिल

बाराका छवटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योग सिल

सिमराः जिल्ला अनुगमन उपसमितिले बाराको छवटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगमा सिल गरेको छ। अनुगमनका क्रममा आवश्यक कागजात नभेटेपछि उपसमितिले बालुवा प्रशोधन केन्द्र र क्रस उद्योगमा सिल गरेको हो। 

अनधिकृत रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न र प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गृह मन्त्रालयले निर्देशन गरेसँगै जिल्ला अनुगमन समितिको बैठकले उपसमिति गठन गरेको थियो। 

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा गठित उपसमितिले शुक्रबारदेखि बाराका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगको अनुगमन थालेको हो। 

जिल्लाको १२ वटा उद्योग अनुगमन गर्ने क्रममा उपसमितिले कलैया उपमहानगरपालिका-२४ स्थित जय मातादी बालुवा प्रशोधन केन्द्र, निजगढ-९ स्थित लालबकैया प्रशोधन केन्द्र, जीतपुरसिमर- १५ स्थित बालगंगा बालुवा प्रशोधन केन्द्र, जय मातादी बालुवा प्रशोधन केन्द्र, निजगढ-४ स्थित नेपाल क्रसर उद्योग र कोल्हबी-२ स्थित गुगल कन्स्ट्रक्सनमा सिल गरेको हो। 

अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालनमा रहेका, अनुमति लिइएको भन्दा फरक ढंगले सञ्चालनमा रहेका, दर्ता तथा नवीकरण पूरा नगरेका र राज्यलाई तिनुपर्ने कर नतिरेका छवटा प्रशोधन केन्द्र तथा क्रसर उद्योग सिल गर्नुका साथै विद्यतुको लाइन काटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन्। 

‘अनुगमनका क्रममा अनाधिकृत र मापदण्ड पूरा नगरेका उद्योगलाई तत्कालै कारवाही सुरु गरेका छौं' प्रहरी उपरीक्षक बोगटीले भने ‘राज्यले निर्देशित गरेको मापदण्ड पूरा गरेर आएमा त्यस्ता उद्योग सञ्चालन हुनेछन्। अन्यथा सञ्चालन हुन पाउने छैनन्।'

अनुगमनका प्रक्रिया पूरा नहुँदासम्मको लागि जिल्लाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रबाट हुने निकासी पैठारी बन्द गरिएको समेत प्रहरी उपरीक्षक बोगटीले बताए। 

केही दिनमै सबै उद्योगको अनुगमन पूरा हुने र त्यस समयसम्मका लागि उद्योग बन्द गरिएको बताउँदै प्रहरी उपरीक्षक बोगटीले आमनागरिकलाई पर्ने असुविधाप्रति आफूहरू सचेत रहेको बताए। 

‘केही दिन सम्पूर्ण उद्योगको काम बन्द गरेका छौं। निकासी पैठारी समेत बन्द भएको छ। जसले गर्दा आमनागरिकलाई असुविधा पनि पक्कै हुनेछ' प्रहरी उपरीक्षक बोगटीले भने ‘तर उद्योगलाई कानुनी दायराभित्र ल्याउने प्रक्रियालाई आमनागरिकले सहजरूपमा लिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं।’

जिल्लामा ५० वटाभन्दा बढी बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योग सञ्चालनमा रहेका छन्। उक्त सबै उद्योगको अनुगमन सकिएपछि मापदण्डभित्र रहेर सञ्चालित उद्योग मात्रै सञ्चालन हुन पाउने छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.