अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आएका लामिछानेको हत्या

अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आएका लामिछानेको हत्या

कोलोराडो: अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आएका भेषराज लामिछानेको हत्या भएको छ। लामिछानेलाई हतियारधारीले गोली प्रहार गरी हत्या गरेका छन्।

५३  वर्षीय लामिछाने  व्हिटरिज, कोलोराडोमा व्यवसाय गदै आएका थिए। ५ जनावरी बिहीबार उनलाई गोली प्रहार भएको थियो। घटनाबारे जानकारी पाएर प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो। 

घटनामा संलग्नको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। प्रहरीका अनुसार आक्रमणकारीले पहिले लामिछानेमाथि भौतिक आक्रमण गरेको र त्यसपछि गोली प्रहार गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा २६ वर्षीय स्वानाथन डि एन्जेलो छन्। 

तनहुँको दमौली घर भएका उनी कन्भिनियन्स स्टोरका मालिक  हुन्। उनी ८ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.