मलेसियामा १९ नेपाली बन्धक

मलेसियामा १९ नेपाली बन्धक

गोरखा : गोरखाका पाँच जनासहित १९ जना नेपाली कामदार मलेसिलयामा बन्धक बनाइएका छन्। रोजगारीका क्रममा गत भदौ २३ गते मलेसिलया पुगेका उनीहरू ८ दिनदेखि बन्धक अवस्थामा छन्। 

बन्धक हुनेमा गोरखाको सहिदलखन गाउँपालिका–६ का ठाकुर रेग्मी, ७ का कमल श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–७ का विष्णुप्रसाद ढकाल, टिकाराम गोतामे र सुजन गोतामे छन्। उनीहरूबाहेक उदयपुरका १, सप्तरीका १, मकवानपुरका ७, रौतहटका ३, भोजपुरका १ र बैतडीका १ जना छन्। 

उनीहरू स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयले उद्धारका लागि पहल गरिदिए सहज हुने आशामा छन्। बन्धक भएका युवाहरूले तत्काल रिहाइको माग गर्दै सामाजिक सञ्जालमा हारगुहार गरिरहेका छन्।

उनीहरू सबै सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट सप्लायर्स कम्पनीमा गत ५ महिनाअघि मलेसिया गएका थिए। काम गर्ने क्रममा कम्पनीका मालिकले कुटपिट गर्ने, चरम शारीरिक यातना दिने गरेका विषयमा गुनासो गरेपछि कम्पनीबाट निकालिएको बन्धकमा रहेकामध्ये गोरखा बुङकोटका ठाकुर रेग्मीले बताए। 

गत भदौ २३ गते मलेसिया पुगेका उनीहरूलाई कम्पनीले एक महिनाको पारिश्रमिक पनि नदिएको बन्धक भएका मध्येका अर्का बाबुराम बाँस्तोलाले बताए। ‘नेपालीहरूलाई दिनहुँ कम्पनीका मालिकले कुटपिट गरेपछि सबैले किन कुटपिट गरेको, हामी बालबच्चा पाल्न पैसा कमाउन आएका हौं भन्यौं’, उनले भने, ‘यातना रोकिएन, हामीले नेपालस्थित कम्पनीलाई पनि भन्यौं। तर, सुनुवाई भएन।’ उल्टै कम्पनीबाट निकालेर केलाङ भन्ने ठाउँमा लगेर तेस्रो तलाको एउटा कोठामा बन्धक बनाएर राखिएको उनले बताए। 

‘अहिले बसेको ठाउँमा पानी छैन, बत्ती छैन, ओछ्याउने म्याट छैन। खाली भुइँमा बस्नुपरेको छ’, रेग्मीले भने। कम्पनीका मालिकले गरेको व्यवहार र ठगीबारे मलेसियास्थित नेपाली दूतावासमा पनि जानकारी गराएको र टेकबहादुर कार्की भन्ने व्यक्ति आएको तर आश्वासनबाहेक गुनासोको सुनुवाइ नभएको उनले बताए। 

नेपालस्थित कम्पनीमा पनि समस्याबारे जानकारी गराएको र ऐजेन्ट महमद जुदेन आएर तत्काल अन्यत्र काम दिने वा नेपाल पठाउने बताए पनि त्यसो हुन नसकेको उनले बताए। ‘सुरुको दिन २८ जना थियौं। अहिले ९ जनालाई अन्यत्र होटल परिर्वतन गर्ने भनेर लग्यो। हामी १९ जना अलपत्र छौं,’ उनले भने। 

एक नेपाली युवालाई कम्पनीका मालिकले निर्घात कुटपिट गरेपछि अन्य नेपाली युवाहरूले किन कुटपिट गरेको भनेर सोध्दा सबैलाई कम्पनीबाट निकालिदिएको गुनासो बन्धक भएर बसेका युवाहरूको छ।  ‘हामीलाई धेरै पीडा भइसक्यो,’ बाँस्तोलाले भिडियो संवादमा भने, ‘खाने कुरा छैन। सुत्ने ठाउँ छैन। यो पीडा कति दिन कसरी सहनु ? ’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.