न्याय माग्न दिलीपका परिवार काठमाडौंमा (फोटो फिचर)

न्याय माग्न दिलीपका परिवार काठमाडौंमा (फोटो फिचर)

काठमाडौं : चुरे तथा पर्यावरण संरक्षण अभियानी दिलीप महतोका परिवार न्याय माग्दै गाउँबाट काठमाडौं आएका छन्। चुरे क्षेत्रबाट बग्ने खोलामा भइरहेको अवैध उत्खन्नको विरोध गर्न गएका उनलाई ‘क्रसर डन’ले टिफरले किचेर हत्या गरेको थियो। 

धनुषा जिल्ला अदालतमा १८ पटकसम्म पेसी चढ्दा पनि पीडित परिवारले न्याय नपाएपछि सरकार गुहार्न काठमडौं आएको ओम प्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठानका सचिव फुलगेन मगहीले बताए।

दिलीपका बुबा रामजीवन महतो, आमा चन्द्रकलादेवी महतो, बहिनी लक्ष्मी, सिर्जना र रिंकु महतो काठमाडौं आएका छन्। उनीहरूले माइतीघर मण्डलमा दिलीपको तेस्रो स्मृति दिवस मनाएका थिए। युथ एसोसिएशन अफ नेपालले स्मृति दिवसको आयोजना गरेको थियो। बिहानपख ओम प्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठानले ‘विगतको पीडा, न्यायको लडाईँ’ विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजन गरेको थियो।

दिलीपकी बहिनी लक्ष्मीले ऋण काढेर न्यायका लागि लडिरहेको बताइन्। ‘मेरो दाईलाई पर्यावरण शहीद घोषण गर्नुपर्छ, अवैध चुरे दोहन बन्द हुनुपर्छ। हत्यारालाई आजीवन कैद र हाम्रो परिवारलाई क्षतिपूर्ति सरकारले दिनुपर्छ। हाम्रो माग पूरा नभएसम्म न्यायिक लडाईँ जारी राख्छौं,' उनले भनिन्, ‘न्यायका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँछौं।’

चुरे विज्ञ डा. विजय कुमार सिंहले चुरे संरक्षणका लागि कानुन बनाउनुपर्नेमा जोड दिए। उनले कानुन अभावमा चुरे संरक्षण अभियना सरकारले थाल्दा पनि सफल हुन नसकेको बताए।

धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका चुरे संरक्षण अभियानी दिलीपको २०७६ साल पुस २५ गते हत्या भएको थियो। घरनजिकै रहेको खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा उनको कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.