सडक खाली गराउन डोजर लिएर पुगे मेयर

सडक खाली गराउन डोजर लिएर पुगे मेयर

मलंगवा: सर्लाहीको मलंगवा नगर क्षेत्रमा सडक चौडा गर्ने क्रम जारी छ। बजार क्षेत्रमा १५ मिटर सडक चौडा गर्ने मापदण्ड अनुसार सडक छेउछाउ बनाएका घर हटाउने काम अहिले भइरहेको छ। 

सडक खाली गराउन १५ दिने सूचना जारी भएको थियो। पुस ८ गते १५ दिने अल्टिमेटम सहितको सूचना जारी गरेको नगरपालिकाले संरचना नहटेपछि तीन दिने अल्टिमेटमसहितको सूचना जारी गरेको थियो। 

थप गरिएको समयमा पनि संरचना नहटेपछि मेयर नागेन्द्रप्रसाद यादवले आफै डोजर लिएर सडक खाली गराउन पुगेका छन्। 

मलंगवाको व्यस्त मानिने बजार क्षेत्रमा २ ओटा डोजर लिएर दिउँसोबाट अतिक्रमित संरचना हटाउने कामको सुरुवात गरिएको छ। श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयबाट बालमन्दिर चौक, नगरपालिका चौक हुदैं राजश्री चौकसम्म सडक बिस्तार नहुदाँ बजार क्षेत्र अस्तव्यस्त बनेको छ।
 
पटक पटक अल्मिेटम सहितको सूचना जारी गर्दा पनि घरधनीले अटेर गरेपछि नगरपालिका आफै डोजर लिएर सडक खाली गराउन पुगेको नगरप्रमुख यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.