कर्णालीमा एक वर्षमा १७ किमी सडक कालोपत्रे

कर्णालीमा एक वर्षमा १७ किमी सडक कालोपत्रे

सुर्खेत : कर्णाली प्रदेश सरकारले पछिल्लो एक वर्षमा जम्मा १७ किलोमिटर सडक कालोपत्रे गरेको छ। 

एक वर्षमा प्रदेशभर १७ किलोमिटर सडक कालोपत्रे गरिएको प्रदेश सरकारले जनाएको हो। सोही अवधिमा प्रदेशभर ११३ किलोमिटर सडक खण्ड स्मिथ र ६२२ किलोमिटर कच्ची सडक खनिएको छ।

कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि बिदा हुन लागेका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्। 

अघिल्लो वर्ष कात्तिक १६ गते सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री शाहीले एक वर्षमा प्रदेशमा भौतिक विकासले गति लिएको दाबी गरे। उनका अनुसार एक वर्षमै कर्णालीमा १३ वटा झोलुंगे र ८ वटा सडक पुल निर्माण भएका छन्। 

‘मेरो कार्यकालमै स्थानीय चुनाव भयो, प्रदेश र प्रतिनिधिसभाको चुनावले पनि विकासे काममा अवरोध भयो’ मुख्यमन्त्री शाहीले भने,‘तर पनि वर्ष दिनमा हामीले भौतिक विकासमा सन्तोषजनक प्रगति गरेका छौं, प्रदेशमा सुशासनको जग बसालेका छौं।’ 

मुख्यमन्त्रीले सार्वजनिक गरेको प्रगति विवरणअनुसार पछिल्लो एक वर्षमा एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत ५०९ वटा घर, जनता आवासअन्तर्गत एकहजार ५७१ र विपन्न परिवारका लागि १०१ वटा घर निर्माण भएका छन्। 

यस्तै आफ्नै कार्यकालमा सातवटा सडक आयोजनाको बहुवर्षीय ठेक्का सम्झौता गरिएको, वीरेन्द्रनगरमा प्रादेशिक रंगशालाको भौतिक पूर्वाधारतर्फ ३३ प्रतिशत काम सम्पन्न भएको र ५९२ वटा साना सिँचाइ आयोजना निर्माण भएको उनले बताए।

पछिल्लो एक वर्षमा १७ वटा विधेयक प्रदेशसभाबाट पारित भएको, प्रदेश लोकसेवा आयोगले कर्मचारी सिफारिस गर्न थालेको, प्रदेश अस्पतालमा उपकरण व्यवस्थापन गरिएको, स्थानीय तहका पाँचवटा आधारभूत अस्पतालको पूर्वाधार विकास गरिएको, सुर्खेतको छिन्चुमा प्रादेशिक सरुवा रोग अस्पतालको भवन निर्माणको प्रक्रिया थालिएको, मातृमृत्युदर घटेको र स्वास्थ्य संस्थामा प्रसूती सेवा लिनेको संख्यामा सुधार आएको विषयलाई पनि प्रदेश सरकारले आफ्नो प्रगति विवरणमा समावेश गरेको छ। 

यस्तै यही अवधिमा कर्णालीमा उत्पादन भएको अदुवा र बेसार युरोप निर्यात भएको, किसानलाई अनुदान दिएको र कृषिमा आधुनिकीकरण गर्न सफल भएको प्रदेश सरकारको दाबी छ।

मुख्यमन्त्री शाहीले भने,‘मेरो मुख्य ध्यान सुशासन कायम गर्नमा बढी केन्द्रीत भयो, यो अवधिमा धेरै सामाजिक सुधारका काम पनि भएका छन्। भौतिक विकासले गति लिएको छ, कानुनी संरचनाहरूको जग बसालेका छौं।’ 

आफ्नो कार्यकाल संघीयता कार्यान्वयनमा महत्वपूर्ण भएको भन्दै उनले यो अवधिमा प्रदेशको गरिबी न्यूनीकरणमा पनि काम गरेको बताए। 

पर्यटन विकासका पूर्वाधार निर्माण भएको, डोल्पाको जगदुल्ला हाइड्रोपावर कम्पनीमा ११ करोड ७१ लाख शेयर लगानी भएको, १४ वटा प्रहरी चौकीका भवन निर्माण गरिएको र सहिद तथा बेपत्ताका परिवारलाई जीवन निर्वाह भत्ता वितरणको प्रक्रिया अगाडि बढेको पनि मुख्यमन्त्री शाहीले जानकारी दिए।

आफ्नो कार्यकालमा दुर्गममा टेलिमेडिसिन सेवा सञ्चालन भएको, प्रदेशका मन्त्रालय तथा निकायहरूलाई एउटै परिसरभित्र रहने गरी एकीकृत प्रशासनिक भवन निर्माणका लागि सम्भाव्यता अध्ययन सम्पन्न भएको, कर्णालीमै सवारी चालक अनुमतिपत्र प्रदान गर्न ट्रायल सेन्टर निर्माणका लागि ठेक्का सम्झौता भएको र विभिन्न जिल्लामा प्रदेश सरकारका संरचना विस्तार गरिएको पनि मुख्यमन्त्रीको प्रगति विवरणमा समेटिएको छ। 

‘कर्णालीको विकास र समृद्धिका लागि मेरो नेतृत्वको सरकार सधैं प्रयासरत रह्यो’ मुख्यमन्त्री शाहीले भने,‘पछिल्लो राजनीतिक घटनाक्रमले हामी अब प्रतिपक्षको भूमिकामा हुनेछौं, हामी प्रतिपक्षमा हुँदा पनि कर्णालीको समृद्धि र विकासमा थप जिम्मेवार बन्नेछौं।’ 

मुख्यमन्त्री शाहीले २०७८ कार्तिक १६ गते प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.