‘विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै रहन्छ’

प्रस्तुति : राधा खनाल

‘विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै रहन्छ’

कांग्रेसले सरकारलाई किन समर्थन गरेको हो ? 

संस्थागत निर्णय गरेर निर्णयको पक्षमा सिंगो कांग्रेस उभिएको हो। समर्थन गर्न हुन्न भन्ने अडान मेरो अन्तिम समयसम्म पनि थियो। अर्कोतिर हामीले मतदान नगर्दैमा यो सरकार नबन्ने अवस्था हैन। हामीले वैकल्पिक धारमा जाँदा पनि त्यसको परिणाम केही आउँदैन। अहिले सरकारको प्रारम्भिक अवस्था हो। त्यसैले सहमतिको आधारमा अगाडि बढ्ने परिस्थिति निर्माण भयो भने देशलाई धेरै ठूलो उपलब्धि हुन्छ।

कांग्रेसको पनि रचनात्मक भूमिका देखिन्छ। प्रधानमन्त्री प्रचण्डजीले त्यसअनुसार आग्रह पनि गर्नुभएको छ। मिलाएर सहमतिका आधारमा राष्ट्रिय स्वार्थका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सुरुको चरण भएकाले अहिलेको परिस्थिति उल्ट्याएर त्यहीअनुसारको परिणाम ल्याउने स्थिति छैन। त्यसैले हामीले पनि समर्थन दिएर सकारात्मक सन्देश दिने कोसिस गरौं भनेर पार्टी सभापतिजीले सबैलाई भन्नुभएपछि समर्थन गरेका हौं।

तपाईंले सरकारलाई समर्थन गर्नुहुँदैन भन्ने कुरा राख्नु भएको थियो। त्यसको कारण के थियो ? 
यसपटकको निर्वाचनमा कांग्रेस पहिलो पार्टी भएर आएको हो। हामीभन्दा कम सिट ल्याउनेहरूको मोर्चा अथवा गठबन्धनबाट सरकार बनेको हो। हामीलाई घेराबन्दी गरी सरकारको नेतृत्व गरेर सरकारमा सहभागीसमेत हुन नदिने गरी नयाँ गठबन्धन गरेर सरकार बनेको हो। हामी जुनबेला सरकारमा साझेदार हुने अवस्था थियो त्यो बेला हाम्राविरुद्घ घेराबन्दी भयो। अथवा हामीले उचित रणनीति अपनाउन सकेनौं। हामी टिम मेकर हुन तयार हुनुपथ्र्यो। त्यो रणनीति हामीले अख्तियार गर्न सकेनौं र आज हामी प्रतिपक्ष हुन पुग्यौं।

प्रतिपक्षमा भएको दलले सत्तारुढ हुन खोज्नु हुँदैन। प्रतिपक्षको भूमिका भनेको सत्तापक्षको भन्दा फरक हुन्छ। प्रतिपक्षले आवाज उठाउने हो सत्तालाई दबाब दिने हो। सत्ताले कार्यान्वयन गर्ने हो। कार्यान्वयन गर्ने पक्षलाई ‘कार्यान्वयन गर’ भनेर दबाब दिनुपर्ने पक्षले समर्थन गर्यो भने त्यो पनि सत्तापक्ष जस्तै हुन्छ। त्यसैले हामीले दबाब दिन सक्दैनौं। खरो ढंगबाट प्रमुख प्रतिपक्षको भूमिकामा उत्रिन सकेको भए दबाब दिन सक्ने स्थितिमा हामी हुन्थ्यौं। त्यसैले संसदीय प्रणालीमा प्रतिपक्षको भूमिका आफ्नै खालको हुन्छ। संसद्मा मियो शक्ति भनेकै प्रतिपक्ष हुन्छ। 

अहिले देशको गिर्दो आर्थिक अवस्थालाई कसरी माथि उठाउने भन्ने चुनौतीपूर्ण अवस्था छ। यस्तो बेला हाम्रो सशत्त भूूमिका प्रतिपक्षमा हुन्छ। यसमा कुनै पनि राजनीतिक लेनदेन र सहमति छैन।

त्यो मान्यतालाई जीवन्त राख्न हामीले समर्थन गर्न हुन्न भनेर भनेको हो। र, प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले अदाह गर्ने सन्र्दभमा कसैले पनि शंका या प्रश्न नगरोस् भन्ने उद्देश्यका लागि नै विश्वासको मत नदिई प्रतिपक्षमा बसौं भन्ने हाम्रो भनाइ थियो। 

राष्ट्रपति पाउने आसमा कांग्रेसले समर्थन गरेको हो ? 
हैन, राष्ट्रपति पाउने त आसै भएन किनभने राष्ट्रपति कसले पाउने भन्ने विषयमा गठबन्धनबीचमा समझदारी भइसकेको छ। त्यसैले सत्तामा सौदाबाजी गरेर नयाँ अवसर प्राप्त गर्ने स्थिति नै छैन। अहिले देशको गिर्दो आर्थिक अवस्थालाई कसरी माथि उठाउने भन्ने चुनौतीपूर्ण अवस्था छ। यस्तो बेला हाम्रो सशक्त भूूमिका प्रतिपक्षमा हुन्छ। यसमा कुनै पनि राजनीतिक लेनदेन र सहमति छैन। हामीले पहिले नै प्रधानमन्त्री प्रचण्डजीलाई समर्थन गरेको भए ४ वटै प्रदेशको मुख्यमन्त्री पाउँथ्यौं। केन्द्रीय सरकारमा १०÷१२ ओटा मन्त्रालय पाउँथ्यौं। सबै प्रदेशमा हाम्रा बहुमतमा मन्त्रीको संख्या हुन्थ्यो। अरू विभिन्न अवसर हुन्थ्यो। त्यो बाटो त हामीले पहिले नै बन्द गरिसक्यौं। 

  • समर्थन दिएर सकारात्मक सन्देश दिने कोसिस गरौं भनेर पार्टी सभापतिजीले सबैलाई भन्नुभएपछि हामीले विश्वासको मत दिएका हौं।
  • हामीभन्दा कम सिट ल्याउनेहरूको मोर्चा अथवा गठबन्धनबाट सरकार बनेको हो। 

पहिला सत्ताको बाँडफाँट गरेर समर्थन गर्दा जुन सत्ता प्राप्त गर्न सक्थ्यौं त्यो अवसर गुमाइसकेर प्रतिपक्षमा पुगिसकेपछि राष्ट्रपति पाउँछु भनेर समर्थन गर्नुको कुनै अर्थ छैन। किनकी नयाँ बनेको समीकरणमा राष्ट्रपतिको विषयमा आपसी समझदारी भइसकेको छ। त्यसैले त्यस्तो सौदाबाजी गरेर त्यो सुनिश्चित भएर समर्थन 
गरिएको अवस्था हैन। 

कांग्रेस अब सरकारमा पनि सहभागी हुने हो ? 

त्यो त हाम्रो संसदीय दलको नेताले नै हामी सरकारमा सहभागी हुँदैनौं भनिसक्नुभएको छ। प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले निभाउँछौं। हामी सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध हामी गर्छौं भनेर हाम्रो पार्टीको नेता स्वयंले भन्नुभएको छ। अरू जनतामा भ्रम छर्ने विषय त व्यक्तिहरूले बन्द कोठामा गरेका आँकलन मात्र हुन्।

मुख्य कुरा, कांग्रेसको संसदीय दलको नेताले हामी प्रतिपक्षमै बसेर सरकारलाई समर्थन गर्छौ भन्नुभएको छ। हामीले पार्टीको आन्तरिक छलफलमा विश्वासको मत दिएर प्रतिपक्षमा बस्न कता–कता अमिल्दो भयो भनेर असहमति जनाएको हो। तर, संस्थागत हिसाबले भने त्यसरी नै गर्ने निर्णय भयो। पार्टीको निर्णयलाई मान्न हामी बाध्य भयौं। प्रतिपक्षमा बस्ने कुरामा कांग्रेस एक जुट थियो र छ। 

एमालेको बार्गेनिङ पावर कमजोर बनाउन कांग्रेसले सरकारलाई समर्थन गरेको भन्ने गरिन्छ नि, यो सत्य हो ?

यो अनुमान गर्ने विषय मात्र हो। प्रतिपक्षमा बसेर न राष्ट्रपति पाइन्छ न अरू केही पाइन्छ। प्रतिपक्षलाई राष्ट्रपति दिउँ भनेर सत्तापक्षले निर्णय गर्दैन। त्यसकारणले समग्रतामा हामी प्रतिपक्षमा बस्ने हो। यो प्रारम्भिक चरण भएको र खासै अन्यथा परिणाम आउने स्थिति नभएकाले हामीले प्रचण्डलाई समर्थन गर्यौं।

त्यसैले उहाँहरूको गठबन्धनबीच सभामुख, उपसभामुख कसले लिने भन्ने विषय उहाँहरूबीच सबै सहमति भएर टुंगिसकेको छ। कि त उताको गठबन्धन तोडेर म तपाईंहरूसँग गठबन्धन गर्छु भनेर भन्नुपर्यो। त्यो पनि अहिले तत्काल सम्भव हुन्छ भन्ने लाग्दैन। यही गठबन्धन कायम गरेर सम्झौताभन्दा बाहिर गएर कसरी हुन्छ  ? 

अब संसद् प्रतिपक्षविहीन भयो। जनताका एजेण्डा ओझेल पर्ने हुन् कि ? 
संसद्मा प्रमुख प्रतिपक्ष कांग्रेस नै हो। हामी कांग्रेसका सबैले भनेका छौं। प्रतिपक्षमा बसेर सरकारलाई समर्थन गर्ने भन्नेमा हामी गएका हौं। प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले निभाउने। कांग्रेस प्रतिपक्षमा भइन्जेल जनताका मुद्दा कहिल्यै पनि ओझेलमा पर्दैनन्। आजसम्म कांग्रेस सरकारमा होस् या प्रतिपक्षमा जनताकै एजेन्डामा टेकेर काम गर्दै आएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.